News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • भोजपुरका सामाजिक संजालमा भाइरल भएका विरामी वृद्ध राईको निधन

    राईलाई मानव सेवा वृद्धाश्रम विराटनगर लाने क्रममा निधन भएको हो

    हिमालीसंचार संवाददाता
    १५८१ पटक

    काठमाण्डौ – सामाजिक  संजालमा कारुणिक अबस्थाको हृदय स्पर्शी तस्वीर भाईरल भएका भोजपुर जिल्ला खार्तम्छा-चिचिला निवासी वृद्ध रामबहादुर राई गम्भीर विरामी भएका थिए। विरामी भएका राईको स्वास्थ्यकर्मी लक्ष्मी राईले खिचेको फोटो भाईरल भएको थियो। वृद्ध राईलाई मानव सेवा आश्रम विराटनगर लाने क्रममा धनकुटा अस्पतालमा निधन भएको छ।

    सामाजिक संजालमा वृद्ध राईको तस्वीर भाइरल भएपछि तत्काल अत्यावश्यक सहयोग किरात राई यायोक्खा दिङ्लाका सचिव साङ्ग देम्बा राई र अध्यक्ष यङ्गराज राईको विशेष पहलमा दिङ्ला बजार भित्रका स्थानीय समाजसेवी तथा सहयोगी मन समक्ष सहयोग अभियान संचालन गरी उद्योग वाणिज्य संघ दिङलाका अध्यक्ष रमेश श्रेष्ठ, व्यापारी साथीहरू र श्रीष्मा मिडिया प्रालिका साथीहरू द्वय श्रीकृष्ण बोगगटीलर मोहन तामाङ संग छलफल पश्चात वृद्ध राईका लागि संकलित आवश्यक सहयोग लत्ताकपडा, खाधान्न र औषधि उपलब्ध गराएका थिए। 

    सामाजिक संजालमा कारुणिक तस्वीर भाइरल भएसंगै नगरपालिकाले पनि चासो देखाएका थिए। नगरले पनि तुरुन्तै अत्यावश्यक सामाग्री सहयोग गरेको किराया सचिव साङ्ग देम्बा राईले जानकारी दिए । 

    स्थानीय मनकारी सहयोगदाताबाट वृद्ध राईका लागि तत्काल अत्यावश्यक सहयोग संकलन “साङग देम्बा राई / सागर राई: १ बोरा चामल, पानी बोक्ने ड्रम, यङगराज राई: नुन, तेल, फलफुल, विस्कुट, मसला, साबुन, रमेश श्रेष्ठ:सिरक, डस्ना, तन्ना र सिरानी, सुरेश राई नगद रु. १ हजार, खिलराज रेक्मी उनीको टोपी, रमेश कटुवाल: १/१ थान ट्राउजर-ज्याकेट, लिला गुरुङ/ सिर्जना गुरुङ: २ थान ट्राउजर, भिम गुरुङ: बिस्कुट, अण्डा, राम कार्की: बिस्कुट, उदिम राई: चाउचाउ १ कार्टून र १ थान टोपी, कुमार गुरुङ: न्यानो १ थान म्याट र कैलाश रसाईलीबाट नगद रु ५,००/-“ सहयोग जुटेको थियो।

    त्यस्तै, हङकङबाट राजेन्द्र राई $७,००/- लक्ष्मि राई $५,००/- शान्ति राई $ ३,००/- माया राई $२,००/- अञ्जु सुब्बा $ १,०५/-  जम्मा नेपाली रु. २८,१५०/- कोरियाबाट सिताराम राई रु.५,०००/- पोर्तुगलबाट सुरेन्द्र राई रु. ४,९००/- श्याम राई रु. २,०००/- र प्रवेश राईबाट रु १,०००/- दुबईबाट युवराज राई रु २,०००/- नारायण तामाङ रु. १,०००/- राजकुमार खत्री रु. १,०००/- र केरलाबाट भविन्द्र राई रु. ५,००/- सहयोग जुटेको थियो। 

    किरात राई यायोक्खा दिङलाको विशेष अनुरोध पछि देश विदेशबाट उठेको रकम किरात राई यायोक्खा दिङ्लाका अध्यक्ष यङ्ग राज राईले नगद रु. ४५ हजार ५ सय ५० रुपैया नगर प्रमुख बिरबल राई मार्फत मानव सेवा आश्रम विराटनगरका प्रतिनिधिलाई हस्तान्तरण गरेका छन्। 

    सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेर समेत वृद्धका अवस्था बुझ्न पुगेकी थिइन। वृद्ध राईका एक छोरालाई पनी मानव सेवा आश्रम विराटनगरले आश्रय दिने सर्तमा विराटनगर लगिएको छ। वृद्ध राईका लागि सहयोग गर्नु हुने सहयोगी मन प्रति किरात राई यायोक्खा दिङ्लाको तर्फबाट सचिव राईले हार्दिक आभार व्याक्त गरेका छन्। 

    वृद्ध राईका लागि उठेको रकम उनका सुस्त मानसिक अबस्था रहेका छोराका लागि खर्च हुने साथै स्थानीय सरकारको आधा खर्चमा उपचारदेखि पालन पोषण गर्ने सम्पूर्ण जिम्मा मानव सेवा आश्रम विराटनगरले लिएको किराया दिङ्लाका सचिव राईले जानकारी दिएका छन्। 

    प्रतिकृया दिनुहोस्

    पोखरामा युवकको हत्या प्रकरणः ट्याक्टर चालक र १४ वर्षीय सहचालक पक्राउ

    पोखरा, जेठ २६ – पोखरा महानगरपालिका–१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै आज बिहान एक...

    आजदेखि संसद् सञ्चालन हुने, सभामुख घिमिरेको स्पष्टोक्ति

    काठमाडौं, जेठ २६ – केही दिनदेखि अवरुद्ध रहेको प्रतिनिधिसभाको बैठक आजदेखि पुनः सञ्चालनमा आउने भएको...

    कृष्टलका पोते तथा माला बनाउने तालिम सम्पन्न

    मोरङ, जेठ २६ – रंगेली–६ स्थित पब्लिक उच्च माध्यमिक विद्यालयको पुरानो भवनमा आयोजित सात दिने...

    १३ गतेदेखि रोकिएको संसद् आज चल्ला? सहमति बन्ने संकेत तर निश्चितता छैन

    काठमाडौं, जेठ २६ – विवादित भिजिट भिसा प्रकरणलाई लिएर राजनीतिक दलहरूबीच निरन्तर छलफल चलिरहेका छन्।...

    पोखरामा सनसनीपूर्ण हत्या : वन क्याम्पस नजिकै अन्दाजित ३० वर्षीय युवकको शव फेला

    पोखरा, जेठ २६ – पोखरा महानगरपालिका–१५ अन्तर्गत रहेको वन विज्ञान अध्ययन संस्थान (वन क्याम्पस) नजिकैको...