News Portal

रंगेली प्रहरीद्वारा अहिलेसम्म कै ठुलो परिमाणमा गाई, गोरु बरामद

हिमालीसंचार संवाददाता
३८४ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको धनपालथान गाउँपालिका वडा नं. १  स्थित गडरिया चोकबाट नेपाल प्रहरीले ठुलो परिमाणमा गाई, गोरु बरामद गरेको छ ।

 नेपालबाट भन्सार छलि भारत तर्फ  अबैध रुपमा गाई गोरु लादै गर्दा नेपाल प्रहरीले पक्राउ गरेको हो। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त प्रहरी टोलीले गाई गोरु बरामद गरेको हो। प्रहरीले २९ वटा गाई , १ बाछी, २ वटा बाछा र १५ वटा  गोरु गरी जम्मा ४७ वटा गाई गोरु बरामद गरेको हो।

गाई, गोरु भेटनरी क्वारेटाइनको सिफारिस नभएको प्रहरीले जनाएको छ । अन्दाजी ५ लाख २१ हजार रुपैयाँ  बराबरको रहेको बुझिएको छ। नियन्त्रणमा लिएका गाई, गोरु विराटनगर भन्सार कार्यालय रानीमा बुझाउईएको रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्काले बताए ।

प्रतिकृया दिनुहोस्

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...