News Portal

  • रंगेली प्रहरीले १० थान हराएका मोबाईल फेला पार्याे

    हिमालीसंचार संवाददाता
    ३३२ पटक

    रबिन्द्र बराल,
    रंगेली – ईलाका प्रहरी कार्यालय रंगेलीले बिगत एक महिनाको अवधिमा हराएका विभिन्न कम्पनीका ब्रान्डेेेट माेवाईल प्रहरीले फेला पार्न सफल भएको छ। प्रहरी रंगेली नगरपालिका, सुनवर्षी नगरपालिका, धनपालथान गाउँपालिकाका स्थानीयहरुकाे दश वटा मोबाइल फेला पारेको छ।

    फेला पारेको साे माेवाईल साेमबार माेवाईल धनीहरुलाई हस्तान्तण गरेको छ। बिगत एक महिना अगाडि देखि हराएका मोबाइलहरु सम्बन्धित व्यक्तिहरुले आफ्नो मोबाइलमा रहेको आईमि नम्बर र लेखेर रंगेली प्रहरीलाई जिम्मा लगाएकाे थियोे।

    रंगेली प्रहरीले हराएका माेवाईलकाे लागि भिन्दै डेक्सकाे स्थापना गरि हराएका माेवाईलहरु खाेज तलास गर्ने थालेको प्रहरीले जनाएको छ। ९ महिना अगाडिदेखि मोबाइल हराएपछि पुनः भेटिएपछि बाएपछि सुनवर्सिका सूर्यनारायण दासले भने आफूले हराएको माेवाईल पाउने आसै थिएन तर, प्रहरीले यसरी खोजेर पुनः आफूलाई बाेलाएर आफुलाई दिएकाेमा आफू निकै खुशी भएको र प्रहरीलाई धन्यवाद दिए।

    प्रहरीले बिरेन्द्र सिंह, बहादुर मण्डल, सिता कुमारी राजवंशी, फिरोज मिया, सूर्य नारायण दास, लक्ष्मण शर्मा, खेम धिमिरे दिलिप कुमार साफि, माेहम्द कुर्वान, माैसम साहलाई हराएको माेवाईल फिर्तासमेत गरेको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक अनमाेल खड्काले बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...