News Portal

हरेक वर्ष मंसिर २२ गतेदेखि शुरु गरिने सुदूरपश्चिम महोत्सव स्थगित

हिमालीसंचार संवाददाता
४५८ पटक

सुदूरपश्चिम – सुदूरपश्चिमको आर्थिक विकास र कला संस्कृतिको संरक्षणमा टेवा पुर्याउन धनगढीमा आयोजना हुँदै आएको ‘सुदूरपश्चिम महोत्सव‘ यस वर्ष स्थगित गरिएको छ। हरेक वर्ष मङ्सिर २२ गतेदेखि शुरु गरिने महोत्सव कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण यस वर्ष स्थगित गर्नुपरेको आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले जनाएको छ।

सङ्घले विसं २०६३ देखि यो महोत्सव गर्दै आएको थियो। कोरोना भाइरस सङ्कमणको जोखिम देखिएकोले महोत्सव स्थगित गर्नु परेको कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य पुष्पराज कुँवरले बताउनुभयो। महोत्सव कहिले गर्ने भन्ने विषयमा सरोकारवाला र स्थानीय प्रशासनसँग समन्वय गरी महोत्सवको नयाँ मिति तय गरिने उहाँले जानकारी दिनुभयो।

सङ्घका महासचिव ओम विष्टले कोरोना भाइरसको अवस्था समान्य भएमा महोत्सव आयोजना गर्न सकिने बताउनुभयो। महोत्सवका माध्यमबाट सुदूरपश्चिम प्रदेशको कला संस्कृति, व्यापार व्यवसायको संरक्षण सम्वर्द्धनको प्रयास हुँदै आएको थियो।

प्रतिकृया दिनुहोस्

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...