
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रारम्भमा केही चुनौती देखापरे पनि आफन्तको साथ प्राप्त हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। तापनि प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ। सोमवारदेखि पेटको खराबीले सताउन सक्छ। पढाइलेखाइमा ध्यान दिन नसकिएला। काम रोकिनाले पछि परिनेछ। तापनि पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ। व्यापारमा फाइदा हुनेछ। बीचमा चुनौतीहरू देखापर्नेछन् तर मिहिनेतले पार लगाउन सकिनेछ। बुद्धिको उपयोगले गुमेको प्रतिष्ठा पनि प्राप्त हुनेछ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रारम्भमा विशेष अवसर प्राप्त भए पनि सहयोगीहरूको भरपर्दा पछि परिनेछ। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। साइनो गाँस्नेहरूले दुःख दिन सक्छन्। जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। परिस्थितिको बन्धनमा परिए पनि युक्तिले काम लिनेहरूलाई बिस्तारै फाइदै हुनेछ। भौतिक साधन जुट्नाले सप्ताहान्तमा काम बन्नेछ र प्रशस्त अर्थलाभ हुनेछ। अप्ठ्यारा परिस्थिति सुल्झाउन पनि सफलता मिल्नेछ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
समयमा आँट गर्न नसक्दा काममा केही चुनौती देखा पर्नेछन्। पठनपाठनमा त्यति ध्यान दिन नसकिएला। सोमवार र मंगलवार स्थिति अनुकूल बन्नुका साथै प्रयत्न गर्दा लक्ष्य पूरा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई तह लगाउन सकिनेछ। व्यापारमा फाइदा हुनेछ। कामले अरूलाई आकर्षित गर्न सकिनेछ। बुधवारदेखि विश्वास दिलाएर धोका दिनेहरूले सताउलान्, साइनो गाँस्नेहरूसँग अलि सावधान रहनुपर्ला। काममा केही चुनौती आउन सक्छन्। सप्ताहान्तमा स्वास्थ्यमा विशेष ध्यान पुर्याउनुहोला।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रारम्भमा रमाइलो पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। तर स्वास्थ्य कमजोर रहनेछ भने विवादास्पद काम गर्नुपर्ने अवस्था आउन सक्छ। अध्ययनमा भने प्रगति नै हुनेछ आर्थिक स्थितिमा सुधार आउनेछ। बुधवारदेखि सहयोगीहरूबाट धोका हुन सक्छ। अरूको भरपर्दा पछि परिनेछ। काम बिग्रने डरले सताउनेछ। साझेदारीका नाउँमा साइनो गाँस्नेहरूले दुःख दिन सक्छन्। जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। अध्ययनमा बाधा पुग्नेछ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
खर्चिलो काम गर्नुपर्ने देखिएकाले रकम जोहो गर्न सरसापट लिनुपर्ला। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ने देखिन्छ। सोमवार र मंगलवार भेटघाट र खानपानमा समय बित्नेछ। विभिन्न कामका अवसर पनि आउनेछन्। विशेष उपहारका साथै धनलाभ हुनेछ। बीचमा अर्थ अभावले पनि सताउन सक्छ। आलोचकहरूबाट जोगिएर काम लिनुपर्ला। लाभ नहुने कामको जिम्मेवारी सम्हाल्नुपर्ने देखिन्छ। तापनि सप्ताहान्त उत्साहवर्द्धक रहनेछ। स्राेत–साधन जुट्नुका साथै दिगो काम प्रारम्भ गर्न सफलता मिल्नेछ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सुरुमा काम बन्नाले आम्दानी बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ। खट्किएको आवश्यकता पूरा गर्न सकिनेछ। सोमवारदेखि खर्च बढ्नाले आर्थिक अभावको अनुभूति हुनेछ। तापनि टाढाका साथीभाइसँगको सम्बन्धले लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। बलजफ्ती गर्दा काम बिग्रनेछ भने रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा मात्र फाइदा हुनेछ। आगन्तुकले व्यर्थैमा अलमल्याउनेछन्। पाचन प्राणालीको समस्याले स्वास्थ्य कमजोर रहनेछ। लक्ष्यमा पुग्न निकै मिहिनेत गर्नुपर्ला।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
सुरुमा हिम्मत गर्न नसक्दा काममा विलम्ब हुनेछ। आफ्नैले पनि धोका दिन सक्छन्। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। तापनि साेमवार र मंगलवार आँटेका काम बन्नाले फाइदा पनि हुनेछ। व्यवसायमा राम्रै आम्दानी हुनाले भैपरी आउने समस्या टर्नेछन्। बुधवारदेखि सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ। तर मौकामा लगानी गर्दा पछिलाई फाइदा हुनेछ। सप्ताहान्तमा आँटेको काम बन्नेछ भने विभिन्न अवसर समेत प्राप्त हुनेछन्। अध्ययनमा सकारात्मक नतिजा प्राप्त हुनेछ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
केही समय अरूका लागि जुट्नुपरे पनि आफ्नै भाग्योन्नति हुनेछ। अनुभव देखाएर उपलब्धि हातपार्ने समय छ। हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। आँटेका काम बन्नाले मनग्गे फाइदा हुनेछ। व्यवसायमा राम्रै आम्दानी हुनाले भैपरी आउने समस्या टर्नेछन्। व्यापार तथा नोकरीमा फाइदा उठाउन सकिनेछ। सप्ताहान्तमा सञ्चित रकम खर्च हुनेछ। अप्ठ्याराे काम गर्नुपर्ने हुन सक्छ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रारम्भमा केही झमेला आउन सक्छन्। तापनि मिहिनेत गर्दा चुनौती पार लगाउन सकिनेछ। साेमवारदेखि अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। आफ्नो कमजोरी बाहिरिनाले आलोचकहरू बढ्न सक्छन्। अरूको उपकार गर्न सकिनेछ। तर धेरै समर्पणले पनि स्वाभिमानमा दाग लाग्न सक्छ। उपलब्धि प्राप्त गर्न केही कुरा त्याग्नुपर्ला। काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ। फाइदा कमै भए पनि आँटेको काम सम्पादन हुनेछ। सप्ताहान्तमा पेसा र साझेदारीबाट राम्रो फाइदा हुनेछ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सुरुमा प्रियजनसँग भेटघाट हुनाले रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। सोमवारदेखि खर्चको मात्रा बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। स्वास्थ्यमा पनि केही कमजोरी देखापर्नेछ। अर्थ उपार्जनमा कमी आए पनि पनि समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्। बुधवारदेखि स्थितिमा सुधार आउनेछ। मिहिनेतले कर्मयोग सबल बन्नेछ भने सामाजिक कार्यमा धन खर्च गरिनेछ। भौतिक साधन जुट्नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्छ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रारम्भमा प्रतिस्पर्धीहरूले दु:ख दिए पनि कर्मयोगले फाइदा दिलाउनेछ। खर्च लागे पनि मिहिनेतले विशेष अवसर हात पार्न सकिनेछ। दिगो काम हातलागी हुने समय छ। तर वादविवादले समस्या निम्त्याउन सक्छ। परिवारजनका आवश्यकता पूरा गर्न समय लाग्नेछ। बुधवारपछि यात्रा खर्चिलो र कष्टपूर्ण हुन सक्छ। झुटा आरोपका साथै परिबन्धले अनावश्यक झमेला थपिदिन सक्छ। तापनि समस्या दर्साउँदा सहयोगीले साथ दिनेछन्। प्रयास नछोड्नुहोला, परिस्थितिलाई आफू अनुकूल बनाउन सकिनेछ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सुरुमा अस्वस्थताका बीच कामको जिम्मेवारी बढ्न सक्छ। केही बाधा र चुनौती देखिनेछन्। अरूको स्वार्थमा उपयोग भइनेछ, सजग रहनुहोला। सोमवारदेखि स्थितिमा सुधार आउनुका साथै राजनीति र नोकरीमा प्रसिद्धि बढ्नेछ। व्यवसायबाट सोचेको लाभ मिल्नेछ। अरूको मन जितेर लाभ उठाउन सकिनेछ। कीर्तिमानी काम गर्ने अवसर जुट्नुका साथै आम्दानीसमेत बढ्नेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। सप्ताहान्तमा भने केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता पनि गर्नुपर्ला। (नेपाली पात्रो)
उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
