News Portal

केपीले जिताएका लिङदेनको नेतृत्वमा झापामा राजावादीहरुको ऐतिहासिक प्रदर्शन

हिमालीसंचार संवाददाता
५२५ पटक

युवराज रेग्मी,
झापा – प्रधानमन्त्री एवं नेकपाका अध्यक्षका केपी शर्मा ओलीले जिताएका राप्रपाका सांसद राजेन्द्र लिङदेनको नेतृत्वमा झापामा राजावादीहरुले ऐतिहासिक प्रदर्शन गरेका छन्। राप्रपा झापाको आयोजनामा राजसंस्थाको पक्षमा झापामा राजतन्त्रको पुनर्बहाली र हिन्दू राष्ट्रको माग गर्दै विशाल शक्ति प्रदर्शन भएको छ।

प्रदर्शनका लागि जिल्लाका १५ वटै स्थानीय तहबाट नागरिकहरु पूर्वी नाका काँकडभिट्टामा भेला भएका थिए। हरेक स्थानीय तहबाट ११ बजे र्याली निस्किएर १० हजार भन्दा बढीको सहभागीतामा काँकडभिट्टाबाट एकीकृत र्याली प्रारम्भ भएको थियो।

साढे १ बजे बिर्तामोडमा संक्षिप्त सभासहित कार्यक्रम भएको आयोजकले बताएको छ। ‘मुलुकमा अहिलेको जुन प्रणाली छ, त्यसले देशलाई निकास दिन सक्दैन। यो साझा प्रणाली होइन। यसले जनताको भावनाको भावनाको कदर गर्न सक्दैन, नेपालजस्तो भूराजनीतिक परिस्थिति भएको मुलुकको लागि राजसंस्था आवश्यक छ,’ लिङदेनले भने।

उनले भने, ‘हामीले पहिल्यैदेखि यो प्रणालीले काम गर्न सक्दैन भनेर भनिरहेका थियौँ। त्यो अहिले सत्य सावित हुँदै आएको छ। अहिले पात्र र प्रणाली दुवै असफल हुँदै आयो। यही पात्र र प्रणालीमा गयौँ भने देश दुर्घटनामा जाने निश्चित छ। त्यसैले शान्तिपूर्ण माग भइरहेको छ। देशका ठूला पार्टी भन्नेहरुले यसलाई सम्बोधन गरेर सबै अटाउने सहमतिको राजसंस्था, हिन्दू राष्ट्र स्थापना गर्न सक्नुपर्छ । राजसंस्था फिर्ता हुनुपर्छ भन्ने हाम्रो माग हो। यो नै मुलुकको समस्याको समाधानको एकमात्र विकल्प हुनसक्छ।’

ठूलो संख्यामा सहभागीले ‘राजा आउ देश बचाउ, नारायणहिटी दरबार खाली गर’ लगायतका नारा लगाएका थिए। प्रदर्शनका क्रममा बिर्तामोडमा भएको कार्यक्रममा लिङदेनले शनिबारको प्रदर्शन शुरुवात मात्र भएको चेतावनी दिए। उनले भने, ‘यो प्रदर्शन कास्टिङ मात्र हो। क्लाइमेक्स आउन बाँकी नै छ।’ राजसंस्था तथा हिन्दूराष्ट्र देशको आजको आवश्यक्ता भएको नेता लिङदेनले बताए।

राप्रपा झापाका अनुसार र्यालीमा १० हजार मोटरसाइकल र ५० भन्दा बढी बसहरु प्रयोग भएका छन्। सरकारले कुनै दमन तथा अवरोध गरे त्यसलाई पन्छ्याएर अघि बढ्ने रणनीति लिइएको राप्रपा झापाले जनाएको छ। केपी ओलीले तत्कालीन एमाले र माओवादी मिलेर पनि कांग्रेसलाई हराउन सक्ने अवस्था नरहेपछि लिङदेनलाई समर्थन दिएर राप्रपालाई प्रतिनिधिसभामा ऐतिहासिक एक सिट जिताएका थिए।

अहिले तिनै ओलीको जिल्लामा लिङदेनको नेतृत्वमा ओलीकै विरोधमा नारा घन्किँदासमेत उनी निरुत्तर भएका छन्। राप्रपाले राजसंस्था र हिन्दूराष्ट्रको पुनःस्थापनाको माग मात्र गरेको छैन ओली सरकारको भ्रष्टाचार र बेथितिकोसमेत भण्डाफोर गर्दै आइरहेको छ। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई नियन्त्रणमा लिने ओलीले देशैभर राजावादीहरुले नाराजुलुस निकाल्दासमेत मौन रहनुमाथि अर्को कुनै षड्यन्त्र पो गरिरहेका छन् कि भन्ने आशंका पनि बढेको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...