News Portal

नबिल बैंकले एमएसएमईलाई ब्याज मुक्त र धितोरहित कर्जा दिने, यसरी आवेदन दिन सकिन्छ !

हिमालीसंचार संवाददाता
४८४ पटक

काठमाडौं – नबिल बैंकलले लघु, साना तथा मझौला उद्यम (एमएसएमई)हरुलाई ब्याज मुक्त र धितो रहित कर्जा प्रदान गर्ने भएको छ। बैंकले एक लगानी प्रबर्धन कम्पनी वान टु वाचसँग सम्झौता गरी “कोभिड-१९ एमएसएमई कोष नेपाल” अन्तर्गत एमएसएमईहरुलाई उक्त कर्जा प्रदान गर्ने भएको हो।

उक्त सम्झौतापत्रमा नबिल बैंकका डेपुटी सीईओ सुजित कुमार शाक्य र वान टु वाचका प्रबन्ध निर्देशक सुमन जोशीले हस्ताक्षर गरेका छन्। यस रणनीतिक साझेदारीमा लघु, साना तथा मझौला उद्यमहरूलाई कोभिड-१९ बाट प्रभावित तर व्यवसायलाई निरन्तरता दिने क्षमता भएका व्यवसायलाई धितो रहित र ब्याजमुक्त छोटो अवधिको कर्जाले लाभान्वित भई कोभिड-१९ को प्रभावबिरूद्ध लड्न तथा व्यवसायलाई निरन्तरता दिन मद्दत हुनेछ।

त्यसैगरी, यी व्यवसायहरु मध्येका छनोटमा परेका व्यवसायीहरुले आफ्नो व्यावसाय अनुकूल परामर्श पनि प्राप्त गर्ने छन्। पूर्व निर्धारित मापदण्डको आधारमा व्यवसाय सुचारु गर्ने सम्भाव्यताको मूल्यांकन गरिएको एमएसएमईहरूले नबिल बैंकबाट धितो रहित कर्जा प्राप्त गर्नेछन र ब्याज रकम अधिकतम १८ महिनासम्म कोषले भुक्तान गर्नेछ।

साझेदारीको बारेमा बोल्दै नबिल बैंकका सीईओ अनिल केशरी शाहले भने, “नबिल बैंक नेपालको एमएसएमई क्षेत्रलाई सहयोग गर्न, उनीहरूको व्यवसायलाई बढाउन र दीर्घकालीन स्थायित्व र समग्र आर्थिक बृद्धिका लागि मद्दत गर्न सदैब तयार छ। कोभिड-१९ प्रभावित व्यवसायलाई यस कठिन समयमा बाँच्नको लागि सहयोग पुर्याउन र निरन्तरता दिइ सक्षम हुन धितो रहित र ब्याजमुक्त कर्जा प्रदान गर्न यस प्रयासमा वन टु वाचको साथ सहकार्य गर्न धेरै उत्साहित छौं। नबिल बैंकले लघु, साना तथा मझौला उद्यमीहरूलाई वित्तीय पहुँच पुर्याउन सजिलो बनाउने सेवाहरू ल्याएर एमएसएमई क्षेत्रको प्रबर्धनमा सदैब केन्द्रित रहेको छ।”

साथै, वान टु वाचका प्रबन्ध निर्देशक सुमन जोशीले भने, “हामी नबिल बैंकलाई पार्टनर बैंकहरूको सुचीमा राख्न पाउँदा अत्यन्त खुशी छौं। केही हप्ता अघि यो कोषको थालनी भएदेखि हामीले नेपालका विविध क्षेत्र तथा विभिन्न भुगोलका एमएसएमईबाट धेरै उत्साहजनक प्रतिक्रिया प्राप्त गरेका छौ। नबिल बैंकको सहभागितामा एसएमईलाई यस कठिन समयमा अघि बढ्न र रोजगारी जोगाउन तथा सिर्जना गर्न अझ मद्दत गर्नेछ।” लघु, साना तथा मझौला उद्यमहरूले कोषको लागि निम्न लिंकमा (https://rb.gy/8jqzxg) रहेको आवेदन फारम भरी कर्जा आवेदन गर्न सक्छन्।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...