News Portal

अर्काकी श्रीमती भगाएर तेस्रो बिहे गर्ने वडाध्यक्ष पक्राउ

हिमालीसंचार संवाददाता
६२९ पटक

सरिता चलाउने,
सल्यान – सल्यानमा महिलासहित वडाध्यक्ष पक्राउ परेका छन। अर्काको श्रीमती भगाएर तेस्रो बिहे गर्ने वडाध्यक्ष पक्राउ परेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ। जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नं ९ का वडाध्यक्ष ईन्द्र बहादुर कुमाईलाई शुक्रबार बेलुका जयतपानी बजारबाट नियन्त्रणमा प्रहरीले जनाएको छ।

वडाध्यक्षसँगै उनकी कान्छी श्रीमती भनिएकी ग्वाँमी विष्ट कुमाईलाईसमेत प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय सल्यानका सुचना अधिकारी लक्ष्मण ओलीले बताए। घरमा २ जना श्रीमती र दुबै श्रीमती तर्फ ४ जना छोराछोरी हुँदाहुँदै तेस्रो श्रीमती बिहे गरेको भनी स्थानिय ५ जनाले सल्यान प्रहरीमा बहुविवाह गरेको कसुरमा उजुरी दिएको आधारमा पक्राउ गरेको बताए।

आरोपीत दुबैजनालाई प्रहरीले नियन्त्रणमा लिएको बताए। पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखी थप अनुसन्धान कार्य गरिरहेको उनको भनाइ छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...