News Portal

  • ग्राम लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले कार्यक्रमको सार्वजनिकरण

    हिमालीसंचार संवाददाता
    ३४६ पटक

    रबिन्द्र बराल/ मोरङ– मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ स्थित मधुवनीमा रहेको श्री ग्राम लक्ष्मी बचत तथा ऋिण सहकारी संस्था लिमिटेडले गर्दे आईरहेको कार्यक्रमहरुको सार्वजनिकरण  गरेको छ ।

    संस्थाले प्रदेश सरकार भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत हुलाकीमार्ग लक्षित दुध उत्पादन प्रवर्द्धन कार्यक्रमको बारेमा सार्वजनिवरण कार्यक्रम सम्पन्न गरेको हो ।

    संस्थाले सुनवर्सि नगरपालिका, रंगेली नगरपालिका र धनापालथान गाउँ पालिकामा रहेका र सहकारीमा आबद्ध कृषकहरुले पालेका पशुहरुको अनिवार्य विमा गर्ने, हुलाकी मार्ग लक्षित दुग्ध उत्पादन प्रवर्द्धन फ्लोअप तथा संचालन गर्ने, सदस्यहरुलाई गाई/भैसी खरिद, गोठ निर्माण सुधारमा अनुदान दिने, कृत्रिम गर्भाधान गराउने, पशु आहारा विकास कार्यक्रम (वर्षे र बहुवर्षिय घोस खेति गर्ने प्रोत्साहन गर्ने, पशु स्वास्थ्य सेवा कार्यक्रम (टिट डिपिड. परजिवी नियन्त्रण, पशु खोपलाई निरन्तरता दिने, अभिवृद्धि तालिम दिलाउने जस्ता कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बडाउदै लैजान कार्यक्रम रहेको छ। 

    कार्यक्रमको प्रमुख अतिथि उपमेयर केशव कुमारी खराल, विशिष्ट अतिथि प्रशासक अधिकृत टोम प्रसाद सुवेदी, वडाअध्यक्ष रामचन्द्र मंण्डल, जिल्ला पशुकुमार सिहं खत्री, बिनोद यादव, दिपेन्द्र शाह, तथा  संस्थाका सचिव अशोक मणडल, उषा मण्डल, लगायतका  सदस्यहरुको समेत उपस्थिति रहेको थियो । 

    रंगेली नगरपालिकाको सभाहालमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष सन्तोष मण्डलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...