News Portal

आइतबारदेखि धरानका निजी तथा संस्थागत विद्यालयहरू खुल्ने

हिमालीसंचार संवाददाता
३८० पटक

धरान – कोरोना महामारीको कारण लामो समयदेखि बन्द रहेका धरानका निजी तथा संस्थागत विद्यालयहरू आइतबारदेखि खुल्ने भएका छन् ।

धरान उपमहानगरपालिकाले निजी तथा संस्थागत विद्यालयहरूलाई कसरी कक्षा सञ्चालन गर्ने भनेर मोडालिटी माग गरेको थियो । निजी तथा संस्थागत विद्यालयहरूले पनि उपमहानगरपालिकालाई ७ वटा मोडालिटी बुझाएको र सोही मोडालिटी अनुसार विद्यालय खोल्न भनेर उपमेयर मञ्जु भण्डारी सुवेदीले मौखिकरुपमा भनेकोले आइतबारदेखि विद्यालय खुलाउने एसिसि धरान अध्यक्ष राजेन्द्र गुरुङले बताए ।

स्वास्थ्य प्रोटोकलको पालना गरी आइतबारदेखि प्रावि तहका ४ र ५ कक्षा र मावि तहका ८,९ र १० कक्षाका विद्यार्थीहरूलाई पढाइने अध्यक्ष गुरुङले बताए । यसरी विद्यालय खुल्दा विद्यार्थी संख्या कम भए एक सिफ्ट र धेरै भएमा २ सिफ्टमा कक्षा सञ्चालन हुनेछ जानकारी दिए। 

बिहान १० बजेदेखि १ बजे सम्म र १ बजेदेखि ४ बजे सम्म दैनिक ३ घण्टाका दरले दुई सिफ्टमा कक्षा सञ्चालन हुनेछ । विद्यालयमा टिफिन नहुने र निजी तथा संस्थागत विद्यालयहरूले सञ्चालन गरेका स्कुल बसहरू पनि अहिले सञ्चालन नगर्ने बताइएको छ ।

यही मोडालिटीमा बिद्यालय खुल्दा कत्तिको सफल हुन्छ । त्यसैलाई आधारलाई मानेर बाँकी रहेका कक्षाहरू पनि स्वास्थ्य प्रोटोकलको पालना गरेर एक साता वा दश दिन भित्रमा सञ्चालनमा ल्याउने अध्यक्ष गुरुङले बताए । 

धरानमा रहेका ७७ वटा निजी तथा संस्थागत विद्यालयहरू रहेका छन् । विद्यालयमा अनिवार्य मास्क, स्यानिटाइजरको व्यवस्था र एउटा बेन्चमा २ जना मात्रै विद्यार्थी राख्ने गरी संचालन गर्न भएको छ। 

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...