News Portal

आर्थिक अभावका कारण दुबै मृगौला पिडित प्रविनको उपचारमा समस्या (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४२६ पटक

रबिन्द्र बराल/मोरङ– मोरङको रंगेली नगरपालिका-२, दौलतपुर जिलेवि चोक नजिकै बसोबास गर्दै आएका प्रशुराम गिरी २३ बर्षका छोरा प्रविण गिरी बिगत डेर बर्षदेखि दुबै मृगौलाले काम गर्ने छाडेपछि अहिले आर्थिक अभावका कारण उनको अहिले उपचार हुन सकेको छैन ।

उनले सबा कठ्ठा जग्गामा बसोबास गर्दे आएका जग्गा समेत  बिराटनगरमा रहेको सप्तकोशी बैकमा राखेर ३ लाख ५० हजर रुपैयाँ ऋिण लिएको र अहिले ब्याज सहित ५ लाख पुगि सकेको र बैकले समेत बारम्बार ऋिण चुक्ताको पत्र पठाई रहेको भएता पनि उनीहरुले लिएको रकम तिर्ने नसक्ने अवस्थामा पुगेका छन । 

उनले अहिले घर समेत बैकले लिलाम गर्न हो कि भन्दै बिलौना गरिरहेका छन । यता छोराको उपचारका लागि उनिहरुले गाउँ घरमा र आफन्तबाट समेत १० लाख रुपैयाँ ऋिण लिएको भएता पनि छोराको उपचरमा कुनै सुधार नआएको र झन  समस्या बढदै गएको  आमा देवि कुमारी गिरीले बताईन । 

उनीहरुले विराटनगरस्थित नोबेल अस्पतालमा छोराको प्रत्येक साताको तीन दिन डाईलोशिस गर्दे आईरहेको र ३० हजारदेखि ४० हजार रुपैयाँ खर्च भएता पनि रोग भने निको हुन सकेको छैन । घरमा भएको गाई, बाख्रा, कुखुरा समेत बेचबिखन गरेर सबै पैसा छोराको उपचारमा खर्च गरिएको बुबा प्रशुरामले बताए । 

उनले भने बृद्ध आमाको बृद्ध भत्ता समेत छोराको उपचारमा खर्च गरिरहेको दुखेसो पोखे । दुख गरेर दुई छाक टार्दे आईरहेता पनि छोराको दुवै मृगौला काम गर्ने छाडेपछि थप समस्यामा परेको आमाले बताईन । अझै छोराको उपचार गर्ने १० लाख रुपैयाँ भन्दा बडि खर्च हुने भएकाले घरको अबस्था कमजोर भएको हुदा मृगौवा पिडीतलाई सहयोग गर्ने ब्यक्तिले बिराटनगरमा रहेको सिभिल बैकमा रहेको आमा देवि कुमारी गिरीको नाममा रहेको खाता नम्बरमा ००६१०३५९२९४०१८ सहयोग गर्न सकिने छ। 

प्रतिकृया दिनुहोस्

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...