News Portal

आर्थिक अभावका कारण दुबै मृगौला पिडित प्रविनको उपचारमा समस्या (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४४४ पटक

रबिन्द्र बराल/मोरङ– मोरङको रंगेली नगरपालिका-२, दौलतपुर जिलेवि चोक नजिकै बसोबास गर्दै आएका प्रशुराम गिरी २३ बर्षका छोरा प्रविण गिरी बिगत डेर बर्षदेखि दुबै मृगौलाले काम गर्ने छाडेपछि अहिले आर्थिक अभावका कारण उनको अहिले उपचार हुन सकेको छैन ।

उनले सबा कठ्ठा जग्गामा बसोबास गर्दे आएका जग्गा समेत  बिराटनगरमा रहेको सप्तकोशी बैकमा राखेर ३ लाख ५० हजर रुपैयाँ ऋिण लिएको र अहिले ब्याज सहित ५ लाख पुगि सकेको र बैकले समेत बारम्बार ऋिण चुक्ताको पत्र पठाई रहेको भएता पनि उनीहरुले लिएको रकम तिर्ने नसक्ने अवस्थामा पुगेका छन । 

उनले अहिले घर समेत बैकले लिलाम गर्न हो कि भन्दै बिलौना गरिरहेका छन । यता छोराको उपचारका लागि उनिहरुले गाउँ घरमा र आफन्तबाट समेत १० लाख रुपैयाँ ऋिण लिएको भएता पनि छोराको उपचरमा कुनै सुधार नआएको र झन  समस्या बढदै गएको  आमा देवि कुमारी गिरीले बताईन । 

उनीहरुले विराटनगरस्थित नोबेल अस्पतालमा छोराको प्रत्येक साताको तीन दिन डाईलोशिस गर्दे आईरहेको र ३० हजारदेखि ४० हजार रुपैयाँ खर्च भएता पनि रोग भने निको हुन सकेको छैन । घरमा भएको गाई, बाख्रा, कुखुरा समेत बेचबिखन गरेर सबै पैसा छोराको उपचारमा खर्च गरिएको बुबा प्रशुरामले बताए । 

उनले भने बृद्ध आमाको बृद्ध भत्ता समेत छोराको उपचारमा खर्च गरिरहेको दुखेसो पोखे । दुख गरेर दुई छाक टार्दे आईरहेता पनि छोराको दुवै मृगौला काम गर्ने छाडेपछि थप समस्यामा परेको आमाले बताईन । अझै छोराको उपचार गर्ने १० लाख रुपैयाँ भन्दा बडि खर्च हुने भएकाले घरको अबस्था कमजोर भएको हुदा मृगौवा पिडीतलाई सहयोग गर्ने ब्यक्तिले बिराटनगरमा रहेको सिभिल बैकमा रहेको आमा देवि कुमारी गिरीको नाममा रहेको खाता नम्बरमा ००६१०३५९२९४०१८ सहयोग गर्न सकिने छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...