News Portal

रंगेलीमा अपांग दिवसको अबसरमा न्यानो सुइटर प्रदान गरेर अपांग दिवस सम्पन्न

हिमालीसंचार संवाददाता
३९३ पटक

रबिन्द्र बराल/ मोरङ– मोरङको रंगेली नगरपालिकाको प्रांगणमा  कोभिड- १९ पशचातको उत्कृष्ट पुनरागमनतो सुनिश्चितता तथा  २९ औ अन्तर्राष्ट्रिय अपांग दिवस सम्पन्न भएको छ।

अपाङ्गता भएका व्यक्तित्वहरुको पहुँच र दिगो विकासको लागि हामी सबैको प्रतिबद्धता” भन्ने मुल नाराका साथ  अपाङ्ग दिवस सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि उपप्रमुख केशब कुमारी खराल, प्रसाशक अधिकृत टोम प्रसाद सुवेदी, शिक्षा शाखाका प्रमुख रबिन्द्र कुमार  पंण्डित, स्वास्थ्य शाखाका प्रमुख ब्रजेश मेहेता, स्वास्थ्यका भुपेन्द्र  मंण्डल, लुथरन सामाजिक कल्याण समाजका कार्यक्रम अधिकृत सुजित सोरेन, अनुगमन तथा मुल्यांकन अधिकृत  सुमन राई,  स्थानीय गायत्री  गौतम र दिवकर राजबंशी लगायतको उपस्थिति समेत रहेको थियो ।

अपांग दिवसको अवसरमा रंगेली नगरपालिका भित्र रहेका सामुदायिक  बिधालयका शिशु कक्षा देखि १२ सम्मका ६६ जना विधालयका छात्र,छात्राहरुलाई जाडो यामका लागि सुईटर समेत बितरण गरिएको थियो।   

कार्यक्रमका प्रमुख अतिथि केशव कुमारी खराल, कार्यकारी अधिकृतले बालबालिकाहरुलाई सुईटर वितरण गरेका थिए। आयोजित कार्यक्रम सहयोगी संस्था लुथरन सामाजिक कल्याण समाज, करुणा फाउन्डेसन नेपाल र राष्ट्रिय अपाङ्ग महासंग समन्वय समिति रंगेलीको संयुक्त आयोजनामा सम्पन्न भएको हो। 

प्रतिकृया दिनुहोस्

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...