News Portal

महिला हिंसा विरुद्ध एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता
३०८ पटक

रबिन्द्र बराल/मोरङ- मोरङको महिला हिंसा विरुद्ध अभियान सन् २०२० सालको अवसरमा रंगेली नगरपालिकाको सभाहालमा एक दिने अन्तरक्रिया सम्पन्न भएको छ ।

महिला हिंसा सामाजिक न्याय र न्यायिक प्रक्रियामा देखिएको चुनौती विषयक रंगेली नगरपालिका स्तरीय छलफल भएको थियो। कार्यक्रममा उपमेयर केशव कुमारी खराल, वडाअध्यक्ष,  ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक अनमोल खड्का लगायत  विभिन्न महिला संस्थाका प्रतिनिधिहरुको समेत उपस्थित रहेको थियो । 

उक्त कार्यक्रममा अहिले गााउँ घरमा पछिल्लो समयमा लागु औषधको  सेवन दिनप्रतिदिन बढिरहेको, बाल विवाह हुने  गरेको र महिलामा घरेलु हिंसा लगायतको बिषयमा छलफल समेत गरिएको थियो।  

२९ औं अन्तर्राष्ट्रिय  दिवसको अवसर पारेर  ६ दिने महिला हिंसा विरुद्धको अभियान देश  भरनै भईरहेको छ । सो कार्यक्रममा  ओरेक नेपाल मोरङ परियोजना कार्यालय, विराटनगरको सहयोग र रंगेली नगरपालिकाको सहकार्यमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...