News Portal

धनपालथानका सबै वडामा पशु स्वास्थ्य तथा बाँझोपन निवारण सम्बन्धमा शिविर सम्पन्न

हिमालीसंचार संवाददाता
३६३ पटक

रबिन्द्र बराल/ मोरङ –  मोरङको धनपालथान गाउपालिकामा पशु स्वास्थ्य तथा वाझोपन निवारण सम्वन्धि एक दिने शिविर सम्पन्न भएको छ।

सो गाउपालिकाको वाडा न ३ मायागन्जमा शिविरको आयोजना गरिएको थियो । २ सय ५०  घर धुरिका पशु चौपायाको  स्वास्थ्य उपचार गरिएको शिविरमा नाम्ले, जुका, चर्चरे तथा भ्यागुते रोग लागेका पशु चौपायाको नि:शुल्क उपचार गर्नुका साथै  औषधी तथा   भिटामिन समेत उपलव्ध गराइएको थियो ।

उक्त सेवामा १ सय ५० बटा गाईको गोबर परीक्षण, र ६ सय गाईको मेडिकल उपचार गरिएको नायक पशु सेवा प्राविधिक शिव कुमार रायले बताए । सो वडाका वडा अध्यक्ष  गुलाव चन्द मंडलले  सिविरको उद्घाटन गरेका  थिए।  चिसो वढन थालेकाले विभिन्न रोगका कारण पशु चौपाया विरामी हुने हुदा गाउपालिकाको प्रतेक वडा मा पशु स्वास्थ्य सिविरका आयोजना गर्न लागिएको गाउपालिकाका अध्यक्ष हरीलाल सिंहले बताए ।

प्रतिकृया दिनुहोस्

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...