News Portal

सरकारी रिपोर्ट: बाँकेका ५ जनाको हङकङमा पोजिटिभ रिपोर्ट

हिमालीसंचार संवाददाता
४१९ पटक

युवा राई/ हङकङ – नेपालबाट सरकारी प्रयोगशालाको पीसीआर नेगेटिभ रिपोर्ट बोकेर नेपाल वायुसेवा निगमको वाइडबडी विमानमा हङकङ पुगेका ५ नेपाली यात्रुको रिपोर्ट पोजिटिभ देखिएको छ। निगम स्रोतका अनुसार सोमबार राति नेपालबाट उडेका २ सय ५१ यात्रुको हङकङ सरकारले विमानस्थलमै कोभिड–१९ जाँच गर्दा ५ जनामा रिपोर्ट पोजिटिभ देखिएको हो।

पोजिटिभ देखिएका यात्रु हङकङको स्वास्थ्य डेस्कको निगरानीमा छन्,’ स्रोतले भन्यो, ‘हङकङको नागरिक उड्डयन विभाग अन्तर्गतको एयरलाइन्स कमिटीले बिहीबार जारी गर्ने नोटको प्रतिक्षामा छौं।

निगमको उडानमा नेपालबाट कोभिड रिपोर्ट नेगेटिभ लिएर उडेका यात्रुको त्यहाँ पुन: जाँच गर्दा पोजिटिभ देखिएपछि हङकङको नागरिक उड्डयन विभागले यसअघि अक्टोबरमा दुईपटक र नोभेम्बरमा एकपटक काठमाडौं–हङकङ–काठमाडौं उडान दुई–दुई साता रोक लगाएको थियो। ‘हङकङ विमानस्थलमा रहेको स्वास्थ्य डेस्कले जानकारी दिइसकेको खबर आएको छ, निगमको यसपटक उडान स्थगन गर्ने वा नगर्नेबारे बिहीबार मात्रै थाहा हुन्छ,’ निगमका एक अधिकारीले बताए।

निजी प्रयोगशालाको रिपोर्टमा समस्या देखिएपछि सरकारले निगमको उडानमा जानेलाई अर्को व्यवस्था नहुन्जेलसम्म सरकारी प्रयोगशालामा कोभिड–१९ परीक्षण गरेको पीसीआर रिपोर्ट लिएरमात्र यात्रा गर्नुपर्ने नियम बनाएको छ। सरकारी प्रयोगशालाको नेगेटिभ रिपोर्ट बोकेर गएका यात्रुको पनि हङकङमा पोजिटिभ देखिएपछि निगमका अधिकारीहरु दुविधामा परेका छन्।

प्रतिकृया दिनुहोस्

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...