News Portal

पूर्वगोरखा सैनिकको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिईने : मन्त्री ज्ञावली

गेसोद्वारा नेपाल सरकारलाई धन्यवाद ज्ञापन

हिमालीसंचार संवाददाता
४२१ पटक

काठमाण्डौ – भूपूगोरखा सैनिकहरुले नेपाल सरकारद्वारा पाउदै आएको सामाजिक सुरक्षा भत्ता निरन्तर पाउने भएका छन्। नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले उक्त निर्णयको मौखिक प्रतिवद्वता जाहेर गर्दै, गोरखाहरुको सामाजिक सुरक्षा भत्ता निरन्तर हुने बताएका छन्।

मन्त्री ज्ञवालीले गोरखा भूपू सैनिक तथा उनका आश्रीत परिवारहरु उपस्थित एक कार्यक्रममा बोल्दै, एकल महिलाहरु तथा गोरखा भूपू सैनिकहरु जो ७० वर्ष कटेका बृद्व-बृद्वा हुनुहुन्छ, उहाँहरुले पाउदै आएको भत्ता पहिला जसरि पाउदै आउनु भएको थियो त्यसरी नै पाउने बताएका हुन्। बीचमा  एकपटक हामीले यो दोहोरो सुविधा भयो भनी हेरफेर गर्ने की भनी छलफल चलाएर केही नियम परिवर्तन गर्न खोजेको सत्य हो, तर देशैभरका जनताको माग उक्त भत्ता दिनुपर्ने नै भन्ने आएकोले यसलाई नेपाल सरकारले पुन: पहिलेकै जससरी निरन्त दिने निर्णय गरिसकेको समेत उनले बताए। 

गत असार १७ गते बसेको मन्त्री परिषदको बैठकले (बेलायती, भारतीय र सिंगापुर) गोरखा भूपू सैनिकहरुलाई नेपाल सरकारले दिंदै आएको सामाजिक सुरक्षा भत्ता वापतको ३ हजार रुपैयाँ कटौति गर्ने प्रास्ताव पेश गरेसंगै भूपूगोरखा सैनिकहरुको संगठन गेसोका सभापति कृष्ण कुमार राई लगायत सर्बोच्च अदालतमा नेपाल सरकारको निर्णयका विरुद्व रिट निवेदन दर्ता गराएका थिए।

उक्त रिट निवेदनमा सुनुवाई गर्दै सर्वोच्च अदालतले २०७७ साउन ११ गते नेपाल सरकारका नाममा कारण देखाउ आदेश जारि गरेको थियो। हाल यो मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको छ। यसै सन्दर्भमा मन्त्री ज्ञवालीले जाहेर गरेको मौखिक प्रतिवद्वताको स्वागत गर्दै गेसोले आजै एक प्रेस विज्ञप्ति जारि गरेको छ।

विज्ञप्तिमा भनिएको छ, नेपाल सरकारले हाम्रो जाहेज मागलाई सम्बोधन गरी लाखौं जेष्ठ नागरीक तथा उनिहरुसंग आश्रीत परिवारको भावनाको उच्च कदर गरी उक्त मितिको निर्णय फिर्ता लिने प्रतिबद्दता जाहेर गरी न्यायोचित कदम चालेकोमा नेपाल सरकारलाई यसै विज्ञप्ति मार्फत भूतपूर्व सैनिक संयुक्त संघर्ष समिति विशेष धन्यबाद ज्ञापन गर्दछ। 

गोर्खा भूतपूर्व सैनिक संघ गेसोले पनी भूतपूर्व गोर्खा सैनिकहरुलाई सामाजिक सुरक्षा भत्ताबाट वञ्चित गराउने निर्णय फिर्ता लिन नेपाल सरकारबाट प्रतिवद्धता व्यक्त भएकोमा खुशी व्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...