News Portal

इन्डोनेसियामा शक्तिशाली ज्वालामुखी विस्फोट, २६ गाउँका बासिन्दा विस्थापित

हिमालीसंचार संवाददाता
४६३ पटक

एजेन्सी – इन्डोनेसियाको पूर्वी नुसा तेंगारा प्रान्तस्थित शक्तिशाली ज्वालामुखी विस्फोट भएकाे छ। स्थानीय मिडियाका अनुसार ज्वालामुखी विस्फोटका कारण २६ वटा गाउँका बासिन्दा विस्थापित भएका छन्। हवाइ सेवा बन्द गर्न सरकारले निर्देशन दिइसकेको स्थानीय मिडियाहरूले जनाएका छन्। साथै पर्यावरणीय सन्तुलनमा यसले गम्भीर असर पार्ने बताइएको छ।

ज्वालामुखीबाट निस्किएको धुवाँले ४ हजार मिटर उचाइसम्म आकासमा ढाकेको छ। जसले गर्दा आसपासका मानिसहरुलाई सुरक्षित स्थानतर्फ जान भनिएको छ। ज्वालामुखी विस्फोटका कारण २६ गाउँका २ हजार भन्दा बढी घर छाडेर सुरक्षित स्थानतर्फ गएका छन्।

विस्फोटबाट मानवीय क्षति नभए पनि आसपासका मानिसहरुलाई सावधान रहन आग्रह गरिएको छ। साथै विस्फोटको २ किलोमिटर वरपरसम्म कसैलाई पनि प्रवेश गर्न दिइएको छैन। इन्डोनेसियाको ग्रामिण भेगमा यसअघि पनि ठूला ज्वालामुखी विस्फोट हुँदा थुप्रै मानिस विस्थापित हुनुपरेको थियो।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...