News Portal

इन्डोनेसियामा शक्तिशाली ज्वालामुखी विस्फोट, २६ गाउँका बासिन्दा विस्थापित

हिमालीसंचार संवाददाता
४०४ पटक

एजेन्सी – इन्डोनेसियाको पूर्वी नुसा तेंगारा प्रान्तस्थित शक्तिशाली ज्वालामुखी विस्फोट भएकाे छ। स्थानीय मिडियाका अनुसार ज्वालामुखी विस्फोटका कारण २६ वटा गाउँका बासिन्दा विस्थापित भएका छन्। हवाइ सेवा बन्द गर्न सरकारले निर्देशन दिइसकेको स्थानीय मिडियाहरूले जनाएका छन्। साथै पर्यावरणीय सन्तुलनमा यसले गम्भीर असर पार्ने बताइएको छ।

ज्वालामुखीबाट निस्किएको धुवाँले ४ हजार मिटर उचाइसम्म आकासमा ढाकेको छ। जसले गर्दा आसपासका मानिसहरुलाई सुरक्षित स्थानतर्फ जान भनिएको छ। ज्वालामुखी विस्फोटका कारण २६ गाउँका २ हजार भन्दा बढी घर छाडेर सुरक्षित स्थानतर्फ गएका छन्।

विस्फोटबाट मानवीय क्षति नभए पनि आसपासका मानिसहरुलाई सावधान रहन आग्रह गरिएको छ। साथै विस्फोटको २ किलोमिटर वरपरसम्म कसैलाई पनि प्रवेश गर्न दिइएको छैन। इन्डोनेसियाको ग्रामिण भेगमा यसअघि पनि ठूला ज्वालामुखी विस्फोट हुँदा थुप्रै मानिस विस्थापित हुनुपरेको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...