News Portal

आगामी जनगणनामा ‘किरात धर्म’ लेख्ने विषयमा किरात समन्वय समितिको संयुक्त अपील

हिमालीसंचार संवाददाता
३९५ पटक

काठमाण्डौ – आइताबार काठमाडौंको कोटेश्वरस्थित सुनुवार सेवा समाजको कार्यालयमा आयोजित एक कार्यक्रममा किरात याक्थुङ चुम्लुङ, नेपाल थामी समाज, सुनुवार सेवा समाज, जिरेल संघ नेपाल, किरात याक्खा छुम्मा, किरात राई यायोक्खा, सुरेल जाति उत्थान समाज, र किरात हायु समाजका प्रतिनिधिहरुले किरात समुदायमा संयुक्त रुपमा “किरात धर्म” लेख्न अपिल गरेका छन् ।

आयोजित एक औपचारिक कार्यक्रममा जाति, पुर्खाको भाषा, मातृभाषा, दोस्रो भाषा र धर्मको महल गरी आगामी जनगणनामा सोधिने प्रमुख पाँच वटा प्रश्नको उत्तरमा भर्नुपर्ने वा लेख्नुपर्ने शब्दावली उल्लेख गरी यस्तो अपील गरेका हुन् ।

सुरेल जाति उत्थान समाजले जातिमा सुरेल, पुर्खाको भाषामा सुरेल, मातृभाषामा सुरेल, दोस्रो भाषामा नजिकको आदिवासी जनजातिको मातृभाषा र धर्ममा किरात लेख्न अपिल गरेको छ ।

किरात हायु समाजले जातिमा हायु, पुर्खाको भाषामा हायु, मातृभाषामा हायु, दोस्रो भाषामा नजिकको आदिवासी जनजातिको मातृभाषा र धर्मको महलमा किरात लेख्न अपिल गरेको छ ।

किरात जिरेल संघ नेपालले जातिमा जिरेल, पुर्खाको भाषामा जिरेल, मातृभाषामा जिरेल, दोस्रो भाषामा नजिकको आदिवासी जनजातिको मातृभाषा र धर्मको महलमा किरात लेख्न अपिल गरेको छ ।

नेपाल थामी समाजले जातिमा थामी, पुर्खाको भाषामा थामी, मातृभाषामा थामी, दोस्रो भाषामा नजिकको आदिवासी जनजातिको मातृभाषा र धर्ममा किरात लेख्न अपिल गरेको छ ।

किरात याक्खा छुम्माले जातिमा याक्खा, पुर्खाको भाषामा याक्खा, मातृभाषामा याक्खा, दोस्रो भाषामा नजिककोे आदिवासी जनजातिको मातृभाषा र धर्ममा किरात लेख्न अपिल गरेको छ ।

सुनुवार सेवा समाजले जातिमा सुनुवार, पुर्खाको भाषामा सुनुवार, मातृभाषामा सुनुवार, दोस्रो भाषामा नजिकको आदिवासी जनजातिको मातृभाषा र धर्ममा किरात लेख्न अपिल गरेको छ ।

किरात याक्थुङ चुम्लुङले जातिमा लिम्बु, पुर्खाको भाषामा लिम्बु, मातृभाषामा लिम्बु्, दोस्रो भाषामा नजिकको आदिवासी जनजातिको मातृभाषा र धर्ममा किरात लेख्न आग्रह गरेको छ ।

किरात राई यायोक्खाले जातिमा राई, पुर्खाको भाषामा थरगत भाषा, मातृभाषामा थरगत भाषा, दोस्रो भाषामा नजिकको आदिवासी जनजातिको मातृभाषा र धर्ममा किरात लेख्न अपिल गरेको छ ।

यसरी आइतबार बसेको आठवटै संस्थाले धर्मको महलमा किरात र दोस्रो भाषामा नजिकको आदिवासी जनजातिको मातृभाषा लेख्न अपिल गरेका हुन् ।

कार्यक्रममा किरात राई यायोक्खाका महासचिव जनक राईले अपिल–पत्र वाचन गरेका थिए भने किरात याक्थुङ चुम्लुङका अध्यक्ष योगराज वनेम लिम्बु र किरात राई यायोक्खाका अध्यक्ष दिवस राईले संयुक्त अपिलबारे प्रष्ट पारेका थिए ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...