News Portal

आगामी जनगणनामा ‘किरात धर्म’ लेख्ने विषयमा किरात समन्वय समितिको संयुक्त अपील

हिमालीसंचार संवाददाता
३५३ पटक

काठमाण्डौ – आइताबार काठमाडौंको कोटेश्वरस्थित सुनुवार सेवा समाजको कार्यालयमा आयोजित एक कार्यक्रममा किरात याक्थुङ चुम्लुङ, नेपाल थामी समाज, सुनुवार सेवा समाज, जिरेल संघ नेपाल, किरात याक्खा छुम्मा, किरात राई यायोक्खा, सुरेल जाति उत्थान समाज, र किरात हायु समाजका प्रतिनिधिहरुले किरात समुदायमा संयुक्त रुपमा “किरात धर्म” लेख्न अपिल गरेका छन् ।

आयोजित एक औपचारिक कार्यक्रममा जाति, पुर्खाको भाषा, मातृभाषा, दोस्रो भाषा र धर्मको महल गरी आगामी जनगणनामा सोधिने प्रमुख पाँच वटा प्रश्नको उत्तरमा भर्नुपर्ने वा लेख्नुपर्ने शब्दावली उल्लेख गरी यस्तो अपील गरेका हुन् ।

सुरेल जाति उत्थान समाजले जातिमा सुरेल, पुर्खाको भाषामा सुरेल, मातृभाषामा सुरेल, दोस्रो भाषामा नजिकको आदिवासी जनजातिको मातृभाषा र धर्ममा किरात लेख्न अपिल गरेको छ ।

किरात हायु समाजले जातिमा हायु, पुर्खाको भाषामा हायु, मातृभाषामा हायु, दोस्रो भाषामा नजिकको आदिवासी जनजातिको मातृभाषा र धर्मको महलमा किरात लेख्न अपिल गरेको छ ।

किरात जिरेल संघ नेपालले जातिमा जिरेल, पुर्खाको भाषामा जिरेल, मातृभाषामा जिरेल, दोस्रो भाषामा नजिकको आदिवासी जनजातिको मातृभाषा र धर्मको महलमा किरात लेख्न अपिल गरेको छ ।

नेपाल थामी समाजले जातिमा थामी, पुर्खाको भाषामा थामी, मातृभाषामा थामी, दोस्रो भाषामा नजिकको आदिवासी जनजातिको मातृभाषा र धर्ममा किरात लेख्न अपिल गरेको छ ।

किरात याक्खा छुम्माले जातिमा याक्खा, पुर्खाको भाषामा याक्खा, मातृभाषामा याक्खा, दोस्रो भाषामा नजिककोे आदिवासी जनजातिको मातृभाषा र धर्ममा किरात लेख्न अपिल गरेको छ ।

सुनुवार सेवा समाजले जातिमा सुनुवार, पुर्खाको भाषामा सुनुवार, मातृभाषामा सुनुवार, दोस्रो भाषामा नजिकको आदिवासी जनजातिको मातृभाषा र धर्ममा किरात लेख्न अपिल गरेको छ ।

किरात याक्थुङ चुम्लुङले जातिमा लिम्बु, पुर्खाको भाषामा लिम्बु, मातृभाषामा लिम्बु्, दोस्रो भाषामा नजिकको आदिवासी जनजातिको मातृभाषा र धर्ममा किरात लेख्न आग्रह गरेको छ ।

किरात राई यायोक्खाले जातिमा राई, पुर्खाको भाषामा थरगत भाषा, मातृभाषामा थरगत भाषा, दोस्रो भाषामा नजिकको आदिवासी जनजातिको मातृभाषा र धर्ममा किरात लेख्न अपिल गरेको छ ।

यसरी आइतबार बसेको आठवटै संस्थाले धर्मको महलमा किरात र दोस्रो भाषामा नजिकको आदिवासी जनजातिको मातृभाषा लेख्न अपिल गरेका हुन् ।

कार्यक्रममा किरात राई यायोक्खाका महासचिव जनक राईले अपिल–पत्र वाचन गरेका थिए भने किरात याक्थुङ चुम्लुङका अध्यक्ष योगराज वनेम लिम्बु र किरात राई यायोक्खाका अध्यक्ष दिवस राईले संयुक्त अपिलबारे प्रष्ट पारेका थिए ।

प्रतिकृया दिनुहोस्

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...