News Portal

सुनसरी प्रहरीद्वारा १३ वर्ष पछि फरार रहेका एक अभियुक्त पक्राउ

हिमालीसंचार संवाददाता
४६६ पटक

सुनसरी – सुनसरी प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई १३ वर्ष पछि पक्राउ गरेको छ । जिल्ला अदालत सुनसरीको २०७१ श्रावण २९ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका ३२ वर्षीय कृष्ण कुमार धामीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका प्रतिवादी लगायत अन्य साथीहरू समेतले २०६४ साल वैशाख २८ गते केटा पक्षबाट साथीको विवाहमा जन्ती गएको समयमा एकम्बा गाविस-४ का सुनेर कुमार ठाकुरलाई बेहुलीको घरमा स्वयंवरको वेला अगाडी उभिएको निहुँमा सामान्य वादविवादको भएको थियो ।

घटना साम्य भएपछि धामी लगायत ५ जनाको टोलीले पिसाब फेर्न निस्केका ठाकुरलाई अन्धयाँरोमा छुरा प्रहार गरी फरार भएका थिए । छुरा प्रहारबाट घाइते भएका ठाकुरको उपचारको क्रममा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

फरार रहेका धामीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले मंसिर १२ गते मोरङको उर्लाबारीबाट पक्राउ गरेको हो । पक्राउ परेका धामीलाई जिल्ला अदालतमा उपस्थित गराई तोकिएको कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मृतकका बुबाले हालेको उजुरी अनुसार सोही घटनामा संलग्न रहेका स्थानीय ३२ वर्षीय टाईसन भनिने मिङमा दोर्जे शेर्पा र बक्लौरी-६ का ३२ वर्षीय तुलसी चौधरीलाई श्रावण २८ गते जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । अन्य २ जना अभियुक्त प्रहरीले अझै पक्राउ गरेको छैन ।

प्रतिकृया दिनुहोस्

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...