News Portal

कवि प्रताप कोयु “वन झाँक्री कोपा !”

कवि प्रताप कोयु
४२३ पटक

मानव सृष्टि जगतमा
वन झाँक्री कोपा,
अदृश्य शक्ति वन झाँक्री!
किरातीहरुको मुन्धुमवीद गुरु
जल, थल, वायु र आकाशका मालिक,
वन झाँक्री कोपा!

ढोल झ्याम्टा बजाई,
मुन्धुमी संगीत भरी रिसिवा गाउने
शिली र माङलाक सिकाउने,
कलाकार रहेछौ
वन झाँक्री कोपा!

सुप्तुलुङ थानमा एन्टिना राखी,
स्याउलीको सेट्लाईट बनाई!
ब्रामाण्डलाई अछेता जपी
हिबुङले हेरी कुण्डली सुनाउने,
वन झाँक्री कोपा!

दुम्सिको काँडा,
आगोको रागमा
आप्तुरुङ हान्ने
ब्लुटुथ जान्ने
साइन्टिस पो रहेछौ!
सबैले चिनौ संसारले मानौ,
वन झाँक्री कोपालाई!

कवि प्रताप कोयु
हङकङ

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...