News Portal

चक्रपथ विस्तार गर्दा स्वयम्भूका संरचना नभत्काउन माग

हिमालीसंचार संवाददाता
३८६ पटक

काठमाण्डौ – विश्व सम्पदामा सूचिकृत ऐतिहासिक स्वयम्भू क्षेत्रको कुनै पनि भाग भत्काउन नहुने सरोकारवाला पक्षले माग गरेका छन्। “स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔं” अभियानले आइतबार राजधानीको स्वयम्भू परिसरमा पत्रकार सम्मेलन गरी नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

स्वयम्भू क्षेत्र काठमाण्डू महानगरपालिका वडा नं. १५ मा पर्दछ। सडक विभागले चक्रपथ विस्तारको क्रममा कलंकीदेखि चाबहिलसम्मको सडक विस्तार जारी राखेको छ । ‘यस क्रममा विश्व सम्पदामा सूचिमा सूचिकृत स्वयम्भू क्षेत्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सीमा स्तम्भ, त्यसभित्र रहेको हातले घुमाउने माने र हजार मूर्तिसहितको स्तूप (साङ्गे तोङ्कु )समेत भत्काउन गइरहेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ अभियानका संयोजक तथा बौद्ध महासंघका अध्यक्ष आचार्य नुर्बु शेर्पा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘त्यस क्षेत्रभित्र रहेका बुद्धका मूर्ति, हातेमणि र हजार बुद्ध सहितको ७५ फिटको अग्लो विशाल नमुना बोधिचैत्यसहितको पर्खाल भत्काउने धार्मिक, सांस्कृतिक सम्पदा संरक्षण विरोधी कदम अविलम्ब रोक्न सरकार र सम्बन्धित निकायलाई विशेष आग्रह गर्दछौं ।’

विकासको गति अवरुद्ध हुन नदिने र बौद्धमार्गीहरूको धार्मिक सम्पदाको पनि संरक्षण हुने गरी ऐतिहासिक, सांस्कृतिक, धार्मिक संरचना नभत्काइकन सडक विस्तार गर्नसमेत भनेका छन् । सरकारले तत्काल बेवास्ता गरेमा चरणवद्ध शान्तिपूर्ण आन्दोलनमा उत्रिनेसमेत भनेका छन् ।

महानगरपालिकाका प्रवक्ता तथा वडाध्यक्ष ईश्वरमान डंगोलले सडक विस्तारको काम केन्द्रीय सरकार मातहत सडक विभागले गरेको बताए । ‘२०२८ सालमै सडक रेखांकन भएको हो,’ महानगर विश्व सम्पदाका हरेक स्थान संरक्षणको पक्षमा रहेको उल्लेख गर्दै प्रवक्ता डंगोलले भने, ‘सडक थप चौडा बनाइँदा एउटा स्तुप भत्किने देखिन्छ। त्यसलाई जोगाउनु पर्छ भन्ने उहाँहरू संरक्षण अभियानताको माग हो । हामी महानगरपालिका निर्णयकर्ता होइन। उहाँहरुसंग  समन्वय गर्छौं ।’

पत्रकार सम्मेलनमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगतबहादुर बराम, अभियानका सचिव तथा मनाङ सेवा समाजका अध्यक्ष सुनिल गुरुङलगायतले सम्पदा संरक्षणप्रति सरकार गम्भीर हुनुपर्ने बताएका थिए । उत्पन्न समस्या समाधानका निम्ति तत्काल छलफल, परामर्श गर्नसमेत माग गरेका छन् ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...