News Portal

चिनियाँ रक्षामन्त्री र गृहमन्त्री बादलको ‘कुहिनो मिलाप’ गरेर शिष्टाचार भेट

हिमालीसंचार संवाददाता
३४१ पटक

काठमाण्डौ – चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर जनरल वेइ फेङहे त्रिभुवन विमानस्थलमा ओर्लिए पछि गृहमन्त्री बादलवीच कुहिनो मिलाप गरेर नया तरिकाले शिष्टाचार भेट गरेका छन्।

चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर जनरल वेइ फेङहे बिहान पौने ११ बजेतिर चार्टर्ड जहाजमार्फत २१ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै फेङहे नेपाल आइपुगेका हुन्।

उनलाई स्वागत गर्न विमानस्थलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपालका लागि चीनका राजदूत हउ यान्छी, परराष्ट्र मन्त्रालयका सहसचिव कालिप्रसाद पोखरेललगायत उपस्थित थिए। 

फेङहेको स्वागतमा गृहमन्त्री थापाले पुष्पगुच्छा दिएका थिए। कोरोना भाइरस आउनुअघि स्वागत गर्दा हात मिलाउने चलन थियो। तर हात मिलाउन नमिल्ने भएपछि चिनियाँ रक्षामन्त्री फेङहे र गृहमन्त्री थापाले कुहिनो मिलाएका थिए। 

हातमा कोरोनाभाइरसका जीवाणु हुन सक्ने भन्दै  एउटाको हातमा जीवाणु भए अर्कोमा नसरून् भनेर संसारका अरू नेताहरूले पनि यही शैलीलाई अपनाएको देखिन्छ। 

गृहमन्त्री थापालगायत उच्च अधिकारीले स्वागत गरेपछि फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताए।

चीन र नेपालबीच सबल एवं सुदृढ सम्बन्ध रहेको जनाउँदै उनले त्यसलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यका साथ आफू नेपाल आएको बताए । ‘भ्रमण परिणाममुखी हुनेमा म विश्वस्त छु, कोभिड–१९ का कारण भ्रमणमा केही विलम्ब भयो,’  कोभिड–१९ का समयमा नै भएको आफ्नो भ्रमणको विशेष महत्व हुने बताउँदै उनले भने ।

रक्षामन्त्री फेङहेले  राष्ट्रपति विद्यादेवी भण्डारी    रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । उनी आजै साँझ स्वदेश फर्कने छन्।

प्रतिकृया दिनुहोस्

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...