News Portal

  • चिनियाँ रक्षामन्त्री र गृहमन्त्री बादलको ‘कुहिनो मिलाप’ गरेर शिष्टाचार भेट

    हिमालीसंचार संवाददाता
    २७९ पटक

    काठमाण्डौ – चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर जनरल वेइ फेङहे त्रिभुवन विमानस्थलमा ओर्लिए पछि गृहमन्त्री बादलवीच कुहिनो मिलाप गरेर नया तरिकाले शिष्टाचार भेट गरेका छन्।

    चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर जनरल वेइ फेङहे बिहान पौने ११ बजेतिर चार्टर्ड जहाजमार्फत २१ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै फेङहे नेपाल आइपुगेका हुन्।

    उनलाई स्वागत गर्न विमानस्थलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपालका लागि चीनका राजदूत हउ यान्छी, परराष्ट्र मन्त्रालयका सहसचिव कालिप्रसाद पोखरेललगायत उपस्थित थिए। 

    फेङहेको स्वागतमा गृहमन्त्री थापाले पुष्पगुच्छा दिएका थिए। कोरोना भाइरस आउनुअघि स्वागत गर्दा हात मिलाउने चलन थियो। तर हात मिलाउन नमिल्ने भएपछि चिनियाँ रक्षामन्त्री फेङहे र गृहमन्त्री थापाले कुहिनो मिलाएका थिए। 

    हातमा कोरोनाभाइरसका जीवाणु हुन सक्ने भन्दै  एउटाको हातमा जीवाणु भए अर्कोमा नसरून् भनेर संसारका अरू नेताहरूले पनि यही शैलीलाई अपनाएको देखिन्छ। 

    गृहमन्त्री थापालगायत उच्च अधिकारीले स्वागत गरेपछि फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताए।

    चीन र नेपालबीच सबल एवं सुदृढ सम्बन्ध रहेको जनाउँदै उनले त्यसलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यका साथ आफू नेपाल आएको बताए । ‘भ्रमण परिणाममुखी हुनेमा म विश्वस्त छु, कोभिड–१९ का कारण भ्रमणमा केही विलम्ब भयो,’  कोभिड–१९ का समयमा नै भएको आफ्नो भ्रमणको विशेष महत्व हुने बताउँदै उनले भने ।

    रक्षामन्त्री फेङहेले  राष्ट्रपति विद्यादेवी भण्डारी    रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । उनी आजै साँझ स्वदेश फर्कने छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

    कमल सिंह ठकुरी/हिमाली संचार  ४ अक्टोबर २०२५ शनिबार। कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर...