News Portal

नेकपाले चाहेर पनि प्रदेश १ को नाम धोषणा गर्न सकिरहेको छैन: रामकुमार राई

हिमालीसंचार संवाददाता
३८४ पटक

खोटाङ– नेकपाका प्रदेशसभा सदस्य रामकुमार राईले आफ्नो दलभित्रै पहिचानविरोधी कुतर्क गर्नेहरु प्रशस्त भएकाले प्रदेश नं. १ को नाम धोषणा हुन् नसकेको बताएका छन्।

प्रदेश नं १ को नामाकरणको विषयमा नेकपा (दलभित्र) आफूहरुले संघर्ष गरिरहेको बताएका छन् । शनिबार खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा शतासक चाम्लिङले निर्माण गरेको ‘किरात पहिचान’ वृत्तचित्र सार्वजनिक गर्दै प्रदेश सांसद राईले सो कुरा बताएका हुन् ।

नेकपाले प्रदेश १ कोशी वा सगरमाथा प्रदेश राख्न चाहिरहेको भए पनि आफूहरुले प्रदेशसभाभित्र एक तिहाई मत पहिचानको पक्षमा भएको हुदा नेकपाले प्रदेश-१ को नाम धोषणा गर्न नसकेको हो।

‘प्रदेश १ का ९३ जना सांसदमा पहिचानको पक्षमा एक तिहाईभन्दा माथि भइदिएपछि पहिचान सुन्न नचाहने साथीहरुलाई कोशी प्रदेश राख्न सजिलो भएको छैन,’ उनले भने, ‘सबै एकतिर लाग्दा र नेकपाको अल्पमत (पहिचान पक्षधर सांसद) एकतिर लाग्दा दुई तिहाई नपुग्ने भएकोले प्रदेशको नाम घोषणा नभएको हो ।’

आयोजित कार्यक्रममा उनले तत्कालिन नेकपा एमाले र नेकपा माओवादी दुवैले बहुपहिचानसहितको प्रदेश बनाउने कुरा चुनावी घोषणापत्रमा उल्लेख गरेकोले सो अनुसार प्रदेश नामाकरण गरौ भनेर आफूहरुले प्रयास गरिरहेकाले पहिचानविरोधीहरुलाई कोशी वा सगरमाथा प्रदेश बनाइहाल्ने अवस्था नभएको बताए ।

प्रदेश सभा सदस्य राईले “कोशी र सगरमाथाले कहिल्यै पनि आन्दोलन नगरेको पहिचान नमागेको भन्दै भने, ‘पहिचान मागेको त यहाँको जनताले हो । तर, कुतर्क र अवस्तुवादी तर्क गर्नेहरु त नेकपाभित्रै छन्।” त्यसैले प्रदेश नं. १ को नामाकरण धोषणा हुन् नसकेको बताएका हुन्। 

प्रतिकृया दिनुहोस्

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...