News Portal

नेकपाले चाहेर पनि प्रदेश १ को नाम धोषणा गर्न सकिरहेको छैन: रामकुमार राई

हिमालीसंचार संवाददाता
३५३ पटक

खोटाङ– नेकपाका प्रदेशसभा सदस्य रामकुमार राईले आफ्नो दलभित्रै पहिचानविरोधी कुतर्क गर्नेहरु प्रशस्त भएकाले प्रदेश नं. १ को नाम धोषणा हुन् नसकेको बताएका छन्।

प्रदेश नं १ को नामाकरणको विषयमा नेकपा (दलभित्र) आफूहरुले संघर्ष गरिरहेको बताएका छन् । शनिबार खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा शतासक चाम्लिङले निर्माण गरेको ‘किरात पहिचान’ वृत्तचित्र सार्वजनिक गर्दै प्रदेश सांसद राईले सो कुरा बताएका हुन् ।

नेकपाले प्रदेश १ कोशी वा सगरमाथा प्रदेश राख्न चाहिरहेको भए पनि आफूहरुले प्रदेशसभाभित्र एक तिहाई मत पहिचानको पक्षमा भएको हुदा नेकपाले प्रदेश-१ को नाम धोषणा गर्न नसकेको हो।

‘प्रदेश १ का ९३ जना सांसदमा पहिचानको पक्षमा एक तिहाईभन्दा माथि भइदिएपछि पहिचान सुन्न नचाहने साथीहरुलाई कोशी प्रदेश राख्न सजिलो भएको छैन,’ उनले भने, ‘सबै एकतिर लाग्दा र नेकपाको अल्पमत (पहिचान पक्षधर सांसद) एकतिर लाग्दा दुई तिहाई नपुग्ने भएकोले प्रदेशको नाम घोषणा नभएको हो ।’

आयोजित कार्यक्रममा उनले तत्कालिन नेकपा एमाले र नेकपा माओवादी दुवैले बहुपहिचानसहितको प्रदेश बनाउने कुरा चुनावी घोषणापत्रमा उल्लेख गरेकोले सो अनुसार प्रदेश नामाकरण गरौ भनेर आफूहरुले प्रयास गरिरहेकाले पहिचानविरोधीहरुलाई कोशी वा सगरमाथा प्रदेश बनाइहाल्ने अवस्था नभएको बताए ।

प्रदेश सभा सदस्य राईले “कोशी र सगरमाथाले कहिल्यै पनि आन्दोलन नगरेको पहिचान नमागेको भन्दै भने, ‘पहिचान मागेको त यहाँको जनताले हो । तर, कुतर्क र अवस्तुवादी तर्क गर्नेहरु त नेकपाभित्रै छन्।” त्यसैले प्रदेश नं. १ को नामाकरण धोषणा हुन् नसकेको बताएका हुन्। 

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...