News Portal

गणतन्त्रको भात पाक्न ढिलो भो भन्दै राजतन्त्रको गोबर नखाऊँ : बाबुराम भट्टराई

हिमालीसंचार संवाददाता
४०१ पटक

काठमाण्डौ – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर खोज्न नहुने बताएका छन् ।

शनिबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै डा. भट्टराईले अहिलेको आधा गिलास उपलब्धिलाई जोगाएर बाँकी गिलास भर्न युवाहरूलाई सुझाब दिएका छन् ।
रिसको झोंकमा आधा भरिएको गिलास घोप्ट्याएर पूरै गिलास खाली गराउन खोज्नु राम्रो संकेत नभएको बताएका छन् । उनले अगाडिको स्यालसँग लड्न पछाडि झ्याङमा लुकेको ब्यासोलाई बिर्सन नहुने भन्दै दुवैसँग लडेर अघि बढ्न सुझाब दिएका छन् ।
बिहीबार पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा देशभर प्रदर्शन भएपछि डा. बाबुराम भट्टराईको यस्तो ट्विट आएको हो ।
युवासँग आग्रह- गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊँ !अहिलेको आधा गिलास उपलब्धिलाई जोगाएर बाँकी गिलास भरौँ;न कि रिसको झोंकमा आधा भरिएको गिलास घोप्टाएर पूरै गिलास खाली होस् !अगाडिको स्यालसँग लड्दा पछाडि झ्याङमा लुकेको ब्वाँसो नबिर्सौँ !दुवैसँग लडेर अघि जाने साहस गरौँ !”

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...