News Portal

खानेपानी विषय लिएर धरानका मेयर राई काठमाण्डौ पुगे

सुकुम्बासी समस्या आयोगसंग पनि छलफल गर्ने

हिमालीसंचार संवाददाता
३८० पटक

धरान  धरान उपमहानगरपालिका धरानका मेयर तिलक राई शुक्रवार काठमाण्डौ पुगेका छन् । धरानका खानेपानी आयोजना प्रमुख इन्जिनियर राजु पोखरेललाई लिएर मेयर शुक्रवार काठमाण्डौ गएका मेयर राईका स्वकीय सचिव राजुमान श्रेष्ठले जानकारी दिए ।

धरान खानेपानी आयोजनाको काम पुरा नभएकाले खानेपानी आयोजनाका विज्ञ टोली र परामर्शदाताहरू सँग छलफल गरेर धराने जनतालाई खानेपानी समस्याबाट मुक्त पार्ने प्रमुख उद्देश्य लिएर काठमाण्डौ गएको मेयर राईले बताए ।

धरानमा लामो समयदेखि सुकुम्वासीहरूको समस्या पनि छ । प्रदेश नं १ मा सबै भन्दा धेरै सुकुम्वासीहरू धरानमा रहेका छन् । भूमिसम्बन्धी समस्या समाधान आयोगमा समेत गएर धरानका सुकुम्वासी बस्ती व्यवस्थित गर्ने बारेमा छलफल समेत गरिने मेयर राईले बताए ।

भूमिसम्बन्धी समस्या समाधान आयोगले धरान उपमहानगरपालिकालाई लगत संकलन गर्न र सम्झौतामा हस्ताक्षर गर्ने पत्राचार समेत गरेको थियो । धरान नगरपालिकाभित्र ६४ वटा बस्तीमा १५ हजार सुकुम्वासी रहेको र अहिले पाचकन्यालाई समेत धरान नगरपालिकामा गाभिएपछि भने ७५ वटा सुकुम्वासी बस्ती १ सय वटा इकाई समिति रहेका छन् । मेयर राई सोमवार मात्र धरान फर्किने कार्यक्रम रहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...

गैरीगाउँस्थित काठ गोदाममा आगलागी

काठमाडौं, २२ पुस – काठमाडौंको गैरीगाउँ क्षेत्रमा मंगलबार एक काठको गोदाममा आगो लागेको छ। आगो...

रास्वपा सचिवालय बैठक काठमाडौंमा जारी

काठमाडौं, २२ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालयमा सुरु...

ईश्वर पोखरेलबाट जिम्मेवारी फिर्ता, नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्व विष्णु रिमाललाई

काठमाडौं, २२ पुष – नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्वमा फेरबदल गरेको छ। च्यासलमा...