News Portal

सुर्खेतमा ऐन विपरित सवारी सञ्चालन, मुकदर्शक ट्राफिक प्रहरी

हिमालीसंचार संवाददाता
५४७ पटक

सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट सञ्चालन हुने सार्वजनिक सवारीसाधनहरु ऐन विपरित सञ्चालित भईरहेको पाइएको छ। देउती नागरिक यातायात प्रालि सुर्खेतले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ विपरित सार्वजनिक सवारी चलाएको पाइएको हो।

३ वटा सवारीसाधन अस्थायी नम्बर प्लेटमा चलिरहेका छन्। यद्यपी, सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा (१४) बमोजिम सवारी खरिद गरेको १५ दिनभित्र अधिकार प्राप्त अधिकारी समक्ष दर्ता गराई स्थायी नम्बर प्लेट लिनुपर्ने हुन्छ।

उक्त यातायात प्रालिका लु.अ आ.सा ३७० नम्बरको गाडी र लु.अ अ.सा.३६८ नम्बरको एसएमएल गाडी नेपालगन्ज, सुर्खेत, रामघाट हुँदै बहाँकोट, जुम्ला रुटमा आवातजावत गरिरहेका छन्। उक्त गाडीले रोड परमिट, दुर्घटना विमालगायतका कानुनी प्रक्रिया नपुर्याइ निर्वाधरुपमा यात्रु ओसारपसार गरिरहेका हुन्। जसको कारण यस्ता गाडीमा सवार यात्रुको दुर्घटना भएमा विमा, उपचार खर्चलगायतका सुविधाबाट बन्चित हुन्छन्।

यातायातका साधन नियमसंगत भए वा, नभएको नियमन गर्ने निकाय ट्रफिक प्रहरीसमेत मुकदर्शक बनेको छ। यद्यपी, ट्राफिक प्रहरी यी रुटहरुमा २४ सै घण्टा ड्युटि निर्वाह गरिरहेका हुन्छन्। नियम विपरित निर्वाध रुपमा चलिरहेका यस्ता यातायातका साधनहरुलाई कारबाहीको दायरामा ल्याई कानून पालना गराउन नसक्नु ट्राफिक प्रहरीको काम, कर्तव्य तथा कार्यक्षमता माथि आशंका पैदा भएको छ।

देउती नागरिक यातायात प्रालिका सचिव रमेश खड्काले प्रालिले त्यस्ता गाडीहरु समितिमार्फत नचलाई आफुखुशी चलाएको बताए। सवारीधनीले आफुखुशी चलाइरहेका छन्। उनले भने, हामीले कानुनतः विभिन्न समस्याहरु आउछन् भन्दै पटकपटक खबरदारी गर्दासमेत मानेका छैनन्। यदि यस्ता गाडीहरु दुर्घटना भएपनि त्यसको जवाफदेही प्रालि हुँदैन।

सुर्खेतमा सञ्चालित यस्ता प्रकृतिका अन्य यातायातका साधनहरु (टिप्पर, जीप, भ्यान) कानुनविपरित निर्वाध रुपमा चलिरहेका छन् तर, नियमनकारी निकायको मौनता देखिएको छ। जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख उपेन्द्र प्रसाद आचार्यले यस्ता प्रकृतिका सवारी साधनलाई कारबाहीको दायरमा ल्याइने बताए।

ट्राफिक र प्रहरीको निगारनी रहने मंगलगढी चौक, सुब्बाकुना, बांगेसिमल, छिन्चु, बबई, इत्रामलगायतका सिमानाकाबाट निर्वाधरुपमा यस्ता यातायातका साधनहरु सञ्चालन भईरहेको छन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...