News Portal

  • सुर्खेतमा ऐन विपरित सवारी सञ्चालन, मुकदर्शक ट्राफिक प्रहरी

    हिमालीसंचार संवाददाता
    ३७८ पटक

    सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट सञ्चालन हुने सार्वजनिक सवारीसाधनहरु ऐन विपरित सञ्चालित भईरहेको पाइएको छ। देउती नागरिक यातायात प्रालि सुर्खेतले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ विपरित सार्वजनिक सवारी चलाएको पाइएको हो।

    ३ वटा सवारीसाधन अस्थायी नम्बर प्लेटमा चलिरहेका छन्। यद्यपी, सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा (१४) बमोजिम सवारी खरिद गरेको १५ दिनभित्र अधिकार प्राप्त अधिकारी समक्ष दर्ता गराई स्थायी नम्बर प्लेट लिनुपर्ने हुन्छ।

    उक्त यातायात प्रालिका लु.अ आ.सा ३७० नम्बरको गाडी र लु.अ अ.सा.३६८ नम्बरको एसएमएल गाडी नेपालगन्ज, सुर्खेत, रामघाट हुँदै बहाँकोट, जुम्ला रुटमा आवातजावत गरिरहेका छन्। उक्त गाडीले रोड परमिट, दुर्घटना विमालगायतका कानुनी प्रक्रिया नपुर्याइ निर्वाधरुपमा यात्रु ओसारपसार गरिरहेका हुन्। जसको कारण यस्ता गाडीमा सवार यात्रुको दुर्घटना भएमा विमा, उपचार खर्चलगायतका सुविधाबाट बन्चित हुन्छन्।

    यातायातका साधन नियमसंगत भए वा, नभएको नियमन गर्ने निकाय ट्रफिक प्रहरीसमेत मुकदर्शक बनेको छ। यद्यपी, ट्राफिक प्रहरी यी रुटहरुमा २४ सै घण्टा ड्युटि निर्वाह गरिरहेका हुन्छन्। नियम विपरित निर्वाध रुपमा चलिरहेका यस्ता यातायातका साधनहरुलाई कारबाहीको दायरामा ल्याई कानून पालना गराउन नसक्नु ट्राफिक प्रहरीको काम, कर्तव्य तथा कार्यक्षमता माथि आशंका पैदा भएको छ।

    देउती नागरिक यातायात प्रालिका सचिव रमेश खड्काले प्रालिले त्यस्ता गाडीहरु समितिमार्फत नचलाई आफुखुशी चलाएको बताए। सवारीधनीले आफुखुशी चलाइरहेका छन्। उनले भने, हामीले कानुनतः विभिन्न समस्याहरु आउछन् भन्दै पटकपटक खबरदारी गर्दासमेत मानेका छैनन्। यदि यस्ता गाडीहरु दुर्घटना भएपनि त्यसको जवाफदेही प्रालि हुँदैन।

    सुर्खेतमा सञ्चालित यस्ता प्रकृतिका अन्य यातायातका साधनहरु (टिप्पर, जीप, भ्यान) कानुनविपरित निर्वाध रुपमा चलिरहेका छन् तर, नियमनकारी निकायको मौनता देखिएको छ। जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख उपेन्द्र प्रसाद आचार्यले यस्ता प्रकृतिका सवारी साधनलाई कारबाहीको दायरमा ल्याइने बताए।

    ट्राफिक र प्रहरीको निगारनी रहने मंगलगढी चौक, सुब्बाकुना, बांगेसिमल, छिन्चु, बबई, इत्रामलगायतका सिमानाकाबाट निर्वाधरुपमा यस्ता यातायातका साधनहरु सञ्चालन भईरहेको छन्।

    प्रतिकृया दिनुहोस्

    सोनी भण्डारीको “मनै भरिन्छ” सार्वजनिक (भिडियोसहित)

    युएई। युएईको नेपाली समुदायमा मनकारी व्यक्तित्व तथा सफल सामाजिक अभियन्ताका रूपमा परिचित ताप्लेजुङ सेवा समाज...

    अन्तत: कांग्रेसकै लाइनमा प्रचण्ड, छानबिन समिति बनाउने सहमती

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीचको छलफल सकिएको छ। प्रधानमन्त्रीको सरकारी...

    संखुवासभामा माछा मार्ने क्रममा छेम्बीको करेन्ट लागेर मृत्यु

    जेष्ठ-५, शनिबार/संखुवासभा – संखुवासभा चिचिला गाउँपालिका वडा नम्वर-२ स्थित कागुवा खोलामा करेन्ट लगाएर माछा मार्ने...

    दोस्रो अल्फा विटा ओपन बास्केटवलको उपाधि आइएसए नेपाल र इमोर्टल क्लबले जित्यो (फोटो फिचर)

    जेठ-४, शुक्रबार/धरान – धरान बास्केटवल संघ तथा धरान बास्केटवल संघको संयोजनमा आयोजित दास्रो अल्फा विटा...

    महानगरको शौदर्यकरणका लागि कुमारी बैंकद्वारा आर्थिक सहयोग

    जेष्ठ-४, शुक्रबार/मोरङ – विराटनगरमा रहेको  कुमारी बैंक लिमिटेडले आर्थिक सहयोग गरेको छ।  विराटनगर महानगरपालिका क्षेत्रभित्र...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal