News Portal

‘म प्रहरी हुँ ’ भन्दै ठगी गर्ने बिलबहादुर पक्राउ

हिमालीसंचार संवाददाता
४४२ पटक

सुर्खेत – ‘म प्रहरी हुँ’ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले कालिकोट शान्नी त्रिवेणी गाउँपालिका-४ स्थायी घर भएका हाल वीरेन्द्रनगर नगरपालिका-३ तातोपानी बस्ने बिलबहादुर धामीलाई पक्राउ गरेको हो।

प्रहरी हुँ भन्दै ठगी गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक कनक शाहीको कमाण्डमा खटिएको टोलीले घर खानतलासी गरी नगद १२ हजारसहित धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

धामीलाई नियन्त्रण पश्चात अनुसन्धानका क्रममा सोधपुछ गर्दा वन कार्यालयको वन रक्षक भनी बताएको जनाइएको छ। उनकाे थप अनुसन्धान भैरहेकाे कार्यालयकाे भनाइ छ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...