News Portal

धुलिखेल निर्माण सेवाले फेरी मोरङमा विधुत चोरी गर्यो

हिमालीसंचार संवाददाता
३४२ पटक

रबिन्द्र बराल/ मोरङ – मोरङ रंगेली नगरपालिका ७ स्थित चिस्याङ  खोलाको बगरमा  रहेको श्री सन्सारी माई  मन्दिरमा प्रदेश नं. १  सरकारले १० करोड ३३ लाख ३९ हजार २ सय २७ रुपैयाँ  बराबरको लागतमा मन्दिर परिसरमा आवश्यक पुर्वाधार निमार्ण  कार्य सुरु भए पछि पुनः विधुत चोरी गरेको छ ।

धुलिखेल निर्माण सेवा प्राईभेट लिमिटेडले भने बिधुत पोलबाट हुक लगाएर बिधुत चोरी गरेर निर्माणकार्य गरिरहेको पाईएको छ ।  नेपाल बिधुत प्राधिकरण रंगेलीले उक्त हुकिङ गरेको तार, पानी पटाउने मोटर भने नियन्त्रणमा लिएको थियो।  प्राधिकरणले  उक्त कम्पनीलाई २ हजार रुपैयाँ जरिवाना लिएर सो सामान छाडिएको रंगेली प्राधिकरणका प्रमुख अबधेश गुप्ताले बताए ।

यता धुलिखेल निर्माणका प्रमुख  गुण चौलागाईले भने आफूहरुले चोरी गर्ने नियतले हुकिङ गरेर बिधुत चोरी नगरेको भन्दै पन्छिन खोजेको । केही महिना अगाडि समेत सोही ठाउँ नजिकै कालिका कन्ट्रक्सनले समेत हुकिङ गरेर बिधुत चोरी गरेर काम गरेको समेत भेटिएको थियो। यसरी नाम चलेका ठुला कम्पनीहरुले नगरेको बारम्बार यस्तो हर्कत गर्ने गरेको पाईएको छ। 

प्रतिकृया दिनुहोस्

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...