News Portal

डडेल्धुरामा सुस्त मनस्थितिकी ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार

हिमालीसंचार संवाददाता
४२० पटक

अमरगढी – डडेल्धुरामा ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको छ। नवदुर्गा गाउँपालिका-१ मा सुस्त मनस्थितिकी ३० वर्षीया महिला बलात्कृत भएकी हुन्। बुधबार राति करिब ७/ ८ बजे नवदुर्गा गाउँपालिका-१ की ३० वर्षीया महिलामाथि बलात्कार भएको हो।

प्रहरीका अनुसार बुधबार राति ८ बजेतिर मेलाबाट फर्किरहेका सोही ठाउँका ३३ वर्षीय टेकबहादुर दमाईं र नाम नखुलेका अर्का युवकले महिलालाई बलात्कार गरेका हुन्।

गोठबाट फर्किरहेकी बोल्न नसक्ने महिलालाई तानेर बलात्कार गरेका हुन्। यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

बिहीबार पीडित महिलाकी भाउजूले जाहेरी दिएपछि आरोपित दमाईंलाई पक्राउ गरेको छ भने, अर्का व्यक्ति फरार रहेका छन्। पीडित महिलाको स्वास्थ्य परीक्षण पनि गराइसकेको छ। रिपोर्ट केही दिनमा आउने प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...