News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गुल्मीमा जिप दुर्घटना: नेपाली सेनाका २ सैनिक जवानसहित ५ जनाको मृत्यु, २ काे अवस्था गम्भीर !

    हिमालीसंचार संवाददाता
    ३८४ पटक

    गुल्मी – जिल्लाको इस्मामा शुक्रबार बिहान जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन्। इस्मा गाउँपालिका वडा नम्बर ४ साबिक दोहली गाबिसको हुला गाउँबाट तम्घासतर्फ आउँदै गरेको लु १ ज ११६६ जिप हुलामै दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको स्थानीयले बताए। २ जना घाइते भएको जानकारी पाइएकाे छ।

    यस सम्बन्धमा जिल्ला प्रहरी प्रमुख एसपी प्रवीण कुमार श्रेष्ठ सङ्ग बुझ्दा ५ जनाको मृत्यु भएको तर नाम विवरण आउन बाँकी रहेको बताए। तर घटनास्थलमा रहेका स्थानीय समाजसेवी माधव पौडेलका अनुसार जिप दुर्घटनामा नेपाली सेनाका दुई सैनिक जवानकोसमेत ज्यान गएको छ।

    घर बिदा आएका त्यस गाउँका अन्दाजी ३५ बर्षिय धन बहादुर दर्लामी र सोही गाउँका अर्का सैनिक जवान उस्तै उमेरका शिवबहादुर दर्लामीको मृत्यु भएको छ। दर्लामीकि श्रीमति शरस्वती दर्लामी घाइते छ्न। सैनिक जवानहरु पल्टनमा हाजिर हुन जाँदै गरेको स्थानीयको भनाइ छ। मृतक दर्लामी र उनका भाइ वसन्त दर्लामीको पनि मृत्यु भएको पौडेलले बतए।

    मृतक ५ जनामध्ये हुला गाउँकै अन्दाजी ६० वर्षीय डम्बर बहादुर हितान र ९२ वर्षीया सुन्दरी नाम गरेकी सुन्दरा थापा रहेको बताइन्छ। उनको घर छापाहिले रहेको र उनी तराइतिर छोरीकोमा बस्ने गरेको र केही दिनअघि हुलास्थित माइती घर आएकी थिइन्।

    जिप चालक बुद्ध बहादुर बस्नेत भने सकुशल छ्न। उनलाई इस्मा प्रहरी चौकीबाट पुगेको प्रहरीले नियन्त्रणमा लिएको छ। सहचालक कमल हितानको हात भाँचिएको छ। अर्का एक घाइतेको पनि नाम खुलेको छ। हुला गाउँकै फर्श बहादुर थापा घाइते रहेका छन्। स्मरण रहोस् त्यसै हुला गाउँमा गत वर्ष बाग्लुङ्गमा कुल पुजा गर्न हिँडेका १६ जनाको जिप दुर्घटनामा परी ज्यान गएको थियो।

    प्रतिकृया दिनुहोस्

    बेलायतस्थित नेपालीहरुको भरपर्दो डिजिटल थलो नेपालयुके डटकमको पुनः प्रकाशन सुरु

    लण्डन। ठिक २० वर्ष पहिले बेलायतमा रहेका नेपालीहरूलाई सु-सूचित गर्ने र जोडने उद्देश्यले सुरु गरिएको...

    बाजुरा आगलागी पीडितहरूलाई एनआरएनएको आर्थिक सहयोग

    काठमाडौँ। शुक्रवार बाजुराको बुढिगंगा नगरपालिकाको बाम्काबजारमा भएको भीषण आगलागीबाट पीडितहरूलाई राहत स्वरूप गैरआवासीय नेपाली संघ...

    आजको राशिफल

    आज जेठ २४, २०८२ (जुन ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सहकारी सचेतना तथा जागरण तालिम सम्पन्न

    मोरङ, जेठ २३ – रंगेलीमा स्थानीय तहमा सञ्चालन भइरहेका सहकारीहरूका लागि आवश्यक पर्ने विषयवस्तुमा केन्द्रित...

    रास्वपाको आरोप: “सभापति लामिछानेलाई काठमाडौं सार्न गृह मन्त्रालयकै चलखेलले अवरोध भयो”

    काठमाडौं, जेठ २३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई रूपन्देही कारागारबाट राजधानीको...