News Portal

  • शेयर गरौँ आज मंसिर १२ गते शुक्रवारको राशिफल

    हिमालीसंचार संवाददाता
    ४४५ पटक

    वि.सं.२०७७ साल मंसिर १२ गते शुक्रवार || सन् २०२० नाेभेम्बर २७ तारिख

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। पारिवारिक आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। शुभचिन्तकहरूको सहयोगले नाम र दाम प्राप्त हुनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। कर्मफलले मन प्रसन्न रहनेछ।

    वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

    अनियन्त्रित खर्च कम गर्न सकिनेछ। व्यवसायमा लगानी बढाउनुपरे पनि लागेको मूल्य उठाउने माैका छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। चुनौतीका बाबजुद स्वाभिमान रक्षा गर्न सकिनेछ। लामो यात्रा गर्ने अवसर जुट्नुका साथै वैदेशिक क्षेत्र लाभदायक रहनेछ। कामको लागत बढ्न सक्छ। तत्काल फाइदा उठाउँदा पछिको लाभांश घट्न सक्छ।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

    आम्दानी साेचेजति नहुन सक्छ। व्यापारमा सामान्य फाइदा हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। सञ्चित धन उपयोग गर्नुपर्ने आवश्यकता पर्ला। रकम हातलागी हुनेछ तर ऋणभार समेत बढ्न सक्छ। सरसापटमा पनि केही धन बाहिरिने सम्भावना देखिन्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन समय लाग्नेछ। मिहिनेतले लक्ष्यमा भने पुर्याउनेछ।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्। विगतका कमजोरी बाहिर आउनाले समस्या पर्ला। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    अरूको समस्याबारे चासो लिँदा आफैंलाई अप्ठ्यारो पर्न सक्छ। प्रतिकूल स्वास्थ्यका बाबजुद कामको चाप बढ्नेछ। अरूका लागि समय र अर्थ खर्चनुपर्ला। अध्यात्मभाव जागृत हुनाले अप्ठ्यारो समयमा पनि परोपकारी काममा प्रवृत्त भइनेछ। केही समय लागे पनि चिताएको काम बनाउन सकिनेछ। पछिका लागि काम गर्ने समय छ। शुभचिन्तकहरूले साथ दिनेछन्।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

    दौडधुपमै समय बित्नेछ भने मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ। काम समयमा पूरा गर्न मुस्किल पर्ने देखिछ। हुलमुलमा धनमाल जोगाउन सजग रहनुपर्ला। स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

    परिवारजनको साथले उत्साहित भइनेछ। तर, प्रतिष्ठा एवं लोकाचारका लागि अनावश्यक काममा जुट्नुपर्ला। परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। वादविवादले पुरानो सम्बन्धमा समस्या निम्त्याउन सक्छ। भौतिक साधन बिग्रनाले काममा विलम्ब हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ। आम्दानी बढाउने काम प्रारम्भ गर्न सकिनेछ।

    वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

    सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। सोझोपनको फाइदा अरूले उठाउन सक्छन्। परिस्थितिले आकस्मिक खर्च बढाउनेछ। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला। मिहिनेतले प्रतिफल दिलाउनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुपक्षलाई किनारा लगाउने समय छ।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

    छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि गरेको काम बन्नेछ। समयको मागअनुसार चल्ने प्रयास गर्नुहोला। बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

    विश्वासपात्रले धोका दिने हुँदा प्रतीक्षित नतिजा केही कमजोर देखिन सक्छ। हतारको निर्णयले हानि पुर्याउनेछ, योजना गोप्य राखेर अघि बढ्नुहोला। अप्ठ्यारो पर्दा मान्यजन र शुभचिन्तकहरूले साथ दिनेछन्। बुद्धिको उपयोगले पनि प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला, लगनशीलताले लक्ष्यमा पुग्न सफलता मिल्नेछ।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

    परिस्थिति अलि संघर्षपूर्ण रहन सक्छ। बेलामा होस नपुर्याउँदा केही समस्या झेल्नुपर्ला। परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। सहयोगीहरूले हात झिक्नाले समस्यामा परिनेछ। रकम खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। सहयोगीहरू टाढिए पनि  समस्या दर्साउँदा मान्यजन तथा अग्रजहरूले साथ दिनेछन्।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

    नयाँ कामको प्रस्ताव आउनेछ। आर्थिक क्रियाकलापमा राम्रै फाइदा हुनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ। बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ। मान–सम्मान पाइनेछ भने प्रशंसकहरू पनि बढ्नेछन्। गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ। सहयोगीहरूले काममा साथ दिनेछन्। व्यावसायिक काममा मनग्य लाभ हुनेछ।

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    त्रिशूली नदी किनारमा शंकास्पद अवस्थामा भेटियो अज्ञात पुरुषको शव

    चितवन, असार २६ – चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलास्थित त्रिशूली नदीको किनारमा बिहीबार बिहान एक अज्ञात...

    किराना पसलभित्रै लुकेको अर्बौंको क्रिप्टो कारोबार : हुण्डी र वन्यजन्तुका अवैध कारोबार पनि खुल्यो

    काठमाडौं, असार २६ – ललितपुरको सानेपास्थित एक सामान्य देखिने किराना पसलबाट करोडौंको अवैध कारोबारको जालो...

    कांग्रेसको अनुशासन कारबाहीलाई लिएर आन्तरिक तनाव, शेखर समूहको विरोध : ‘प्रतिशोधी कदम, मान्य हुँदैन’

    काठमाडौं, असार २६ – नेपाली कांग्रेसभित्र अनुशासनकाे विषयले फेरि अन्तरविरोध चर्किएको छ। निर्वाचनमा आफ्नै उम्मेदवारलाई...

    सुर्खेतमा अफिम कारोबार : पाँच किलोभन्दा बढी अफिमसहित एक पक्राउ, मुख्य नाइके अझै फरार

    सुर्खेत, असार २६ – सुर्खेत प्रहरीले ठूलो परिमाणको अवैध अफिम बरामद गर्दै एक जनालाई नियन्त्रणमा...

    रसुवामा हिमताल विस्फोट, सेन्टिनेल उपग्रह अध्ययनबाट बाढीको कारण पुष्टि

    रसुवा, असार २६ – गत मङ्गलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा परेको ल्हेन्दे खोलामा आएको आकस्मिक...