News Portal

  • हङकङमा आज ८५ जनामा कोरोना संक्रमण पुष्टि

    हिमालीसंचार संवाददाता
    ३१८ पटक

    युवा राई/हङकङ – हङकङमा आज बुधवार थप ८५ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्रले जनाएको छ।केन्द्रका अनुसार संक्रमितहरुमा ८४ स्थानीय र १ जना आयातित रहेका छन्। यो तीन महिनाभित्र सबैभन्दा ठूलो आँकडा हो। यससंगै, हङकङमा कोरोना संक्रमितको संख्या ५,८६७ पुगेको छ।

    हङकङमा आज पनि थप ६० भन्दा बढी प्रारम्भिक केसहरू थपिएका छन्। ६३ जना डान्स क्लवबाट संक्रमित भएका छन्। यससंगै यस समुहमा संक्रमित हुनेको संख्या २५० पुगेको छ। ६८ जना स्थानीय संक्रमित पुराना केससंग जोडिएका छन् भने १६ जना संक्रमितको संक्रमणको स्रोत खुल्न सकेको छैन। आयातित १ जना बेलायतबाट हङकङ आएका रहेका छन्।

    केन्द्रका अनुसार ५,२९५ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ३४९ जनाको उपचार भइरहेको छ। ७ जना कोरोनाका विरामीको अवस्था भने गम्भीर रहेको जनाइएको छ। हालसम्म कोरोनाका कारण हङकङमा १०८ जनाको मृत्यु भएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

    कमल सिंह ठकुरी/हिमाली संचार  ४ अक्टोबर २०२५ शनिबार। कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर...