News Portal

नागरिकप्रति अनुत्तरदायी नगरपालिका: गरिबका टहरा हट्छन्, मुहार फेर्ने योजना अलपत्र

हिमालीसंचार संवाददाता
४७८ पटक

सुर्खेत – वीरेन्द्रनगर नगरपालिका गौरवका प्रमुख योजनाहरु अलपत्र छन्। कतिपय योजनाहरु समयमा सम्पन्न नहुँदा वायूप्रुदषणका प्रमुख कारक बनेका छन्। कर्णाली प्रदेशको राजधानी समेत रहेको यो नगरपालिका प्रदेशकै मुहारविन्दुको रुपमा रहेको छ। जसको मुहार परिवर्तनको प्रमुख श्रोत सडकलाई लिन सकिन्छ। तर, यिनै सडकहरु समयमा निर्माण सम्पन्न हुन सकेका छैनन्। मुख्य बजारमा पार्किङ्ग व्यवस्थित नहुँदा दुर्घटना जोखिम बढ्दै गएको छ भने बजार अस्तव्यस्त बनेको छ।

नगरपालिकाको प्रमुख पर्यटकीय स्थलको रुपमा रहेका बुलबुले ताल, ऐतिहासिक काँक्रेविहार, देउती बज्यै मन्दिर, घण्टाघर पार्कलगायतका क्षेत्रहरुको विकास हुन सकेको छैन। घण्टाघरको घडी चल्दैन, बुलबुले ताल विस्तारको काम अधुरै छ। काँक्रेविहार, देउतीबज्यै पुग्ने सडकले धुलाम्य कर्णालीको पहिचान दिएको छ।

मंगलगढी चोकदेखि लाटीकोइली (काँक्रेविहार)सम्मको सडक जीर्ण छ। नगरपालिकाको बहुवर्षीय योजना अन्तर्गत रहेको सडक गत आर्थिक वर्षको असार मसान्तसम्म सकिनुपर्ने उक्त काम हालसम्म सम्पन्न भएको छैन। विद्युतका पोल सार्न ढिलाइ भएपछि काम ठप्प भएको श्याम एण्ड शंकर जेभीका प्रवन्धक निर्देशक पदमबहादुर खड्काको भनाई छ।

नगर गौरवका अन्य योजना पनि यस्तै छन्। नगर गौरवको योजनाअन्तर्गत रहेको हटलाइन हरियाली (कालुङचोक–कटकुवा अस्पताल–गणेशचोक) सडक पनि निर्माणाधीन छ। वीरेन्द्रनगरको शिवालयचोक–इत्राम स्कुल–टेलिकम–अख्तियार कार्यालय हुँदै घण्टाघर चोकदेखि नेकपा पार्टी कार्यालय–शिक्षा क्याम्पससम्मको सडक पनि निर्माण चरणमा छ।

त्यसैगरी, बुद्धपथचोक–सामाजिक विकास मन्त्रालय–प्रशासन कार्यालय हुँदै मुख्यमन्त्री निवाससम्मका भित्री सडकलगायतका थुप्रै काम निर्माणाधीन छन्। जसको कारण सडक अव्यवस्थित बनेको छ। धुँवा, धुलोको सास्ती खेप्न बाध्य छन् नागरिक।

नगरपालिकाले गत आर्थिक वर्षमा जम्मा दुई सय मिटर कालोपत्रे गरेको थियो। नगरपालिकाको जग्गा हकभोगको अधिकार नपाएका स्थानमा डिपिआर गरेर लाखौं रकम खर्चिने नगरपालिकाले नगर गौरवका आयोजना समयमै सम्पन्न गर्न ध्यान पुर्याएको छैन। यद्यपी, सडक पेटी तथा ठेलामा व्यवसाय गरेर जीविकोपार्जन गर्नेहरुलाई हटाउन सक्रिय भएको देखिन्छ।

‘नगरपालिका व्यवस्थित बनाउनेमा हाम्रो कुनै दुईमत छैन। नगरले जे भन्छ हामी गर्न तयार छौं तर त्यसपूर्व नगरले अन्य क्षेत्र पनि व्यवस्थित बनाओस्’ ठेला व्यवसायीले भने, ‘पूर्वाधार विकासमा नगरको ध्यान नहुँने। ठूला व्यवासायीलाई कारबाही गर्न नसक्ने के हाम्रै कारण नगर अव्यवस्थित भएको होला त !’

‘म एकल महिला हुँ। श्रीमानले अर्को श्रीमति लिएर छोडेको १० वर्ष पूग्न थाल्यो। आम्दानीको श्रोत यही ठेलाको सामान हो’ ठेलामा बेच्नको लागि राखिएको सामान देखाउँदै मीना बोगटीले भनिन्, ‘ठूलो लगानीका लागि स्रोत छैन। श्रोत भएको भए सटर भाडामा लिन्थे। ऋण निकाल्ने कुनै उपाय छैन।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको बजार अव्यवस्थित भएको भन्दै ठेलामा व्यवसाय गर्नेहरुलाई नगरपालिकाले हटाउन थालेको छ। ती व्यवसायीलाई हट्नका लागि नगरपालिकाले पटकपटक माइकिङ गर्यो भने मंगलबार लाठी समेत प्रयोग गरी केही सामान बरामद् गर्यो। तर, नगरपालिकाले क्रियाकलापप्रति अटेरी बन्नुपर्ने बाध्यता भएको ठेला व्यवसायीको भनाई छ।

बोगटी कर्णाली प्रदेशका राजधानी वीरेन्द्रनगरमा ठेलामा कस्मेटिक सामान विक्रि गर्दै आइरहेकी छन्। उनका ४ छोराछोरी छन्। उनिहरु क्रमश ४, ८,९, र १० कक्षामा पढ्छन्। कोठाभाडामा लिएर छोराछोरी पढाएकी उनले ठेलाको कस्मेटिक सामान बेचेर आम्दानीको स्रोत बनाएको बताईन्।

बोगटी भन्छिन्, ‘नगरपालिकाले ठेला व्यवसायीलाई हटाएर पेटमा लात हान्न खोज्यो। बरु कर तिर्न लगाएर खाली जग्गा दिएको भएपनि हाम्रो गुजारा चल्नेथियो। त्यस्तै मंगलगढी चोक आसपासमै ठेलामा फलफूल व्यवसाय गर्छन् दैलेखको भैरवी गाउँपालिका स्थायी घर भएका भुवन अधिकारी। अधिकारी विहान ठूला व्यवसायीबाट उधारोमा फलफूल ल्याएर दिनभरी बेचेर साँझ पैसा तिर्छन्। त्यसबाटै आम्दानीको केही बचत रकमले घर खर्च चलाएका छन्।

अधिकारीको जस्तै गरी बुलबुले कृषि बजारबाट दैनिकजसो २ सय ५० जनाले फलफूलको व्यापार र्गछन्। ‘लकडाउन हुनुभन्दा अघि करिव चार सयले यसरी व्यापार गर्थे तर अहिले घटेका हुन्’ फलफूल व्यवसायी सघंका अध्यक्ष प्रकाश कुमार तिमिल्सेनाले भने, ‘उनिहरु उधारोमा विहान फलफुल लिएर साँझ तिर्छन्।

नगरपालिकाले ठेला व्यवसायीलाई विस्थापित गर्नुपूर्व उनिहरुको व्यवसाय सञ्चालनका लागि खाली जग्गा व्यवस्थापन गर्नुपर्ने व्यवसायीको माग छ। उसो त कोरोना कहरले वैदेशिक रोजगारीबाट फर्किएका तथा रोजगारी गुमाएका नागरिकले सडक पेटी तथा ठेलामा व्यवसाय गरी गुजारा गरिरहेको अवस्थामा नगरपालिकाले उनिहरुका लागि प्याकेजको व्यवस्था गर्नुको साटो व्यवसायबाट हटाएको उनिहरुको आरोप छ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...