News Portal

  • खोटाङ जिल्लामा फुसको छाना विस्थापित गरेर प्रत्येकको धरमा जस्तापाता हाल्ने

    हिमालीसंचार संवाददाता
    २८३ पटक

    खोटाङ । मंसिर ९, खोटाङ जिल्लामा २ हजारभन्दा बढि घरका फुसको वा कच्ची छाना हटाएर जस्ता हाल्ने सरकारले तयारी गरिएको छ। खोटाङ जिल्लामा २ नगरपालिका, ८ गाउँपालिका रहेको छ। नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत जिल्लाका २ हजार ३ सय ८८ घरधुरीमा फुसका छाना हटाएर जस्ताको छाना हाल्ने तयारी गरिएको हो ।

    प्रतिनिधिसभा सदस्य विशाल भट्टराई संयोजक रहेको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत जिल्ला समन्वय समितिको मंगलबार दिक्तेलमा बसेको बैठकले सुरक्षित नागरिक आवास कार्यक्रमका लाभग्राहीको कोटा निर्धारण गरेको छ ।

    जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, १० स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाका प्रमुख लगायतको उपस्थितिमा भएको बैठकबाट वृद्ध, एकल महिला, अनाथ बालबालिका तथा अपांगता भएका घरमुली एवम् प्रकोपका कारण घरविहिन हुँदा आवास निर्माण गर्न चाहेका परिवारलाई प्राथमिकतामा राखेर सुरक्षित नागरिक आवास कार्यक्रमको अनुदान उपलव्ध गराउने निर्णय गरिएको प्रतिनिधिसभा सदस्य एवम् सुरक्षित नागरिक आवास कार्यक्रम जिल्ला समन्वय समितिका संयोजक भट्टराईले बताए ।

    बैठकले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३ सय ४८ घर, हलेसी तुवाचुङ नगरपालिकामा ३ सय ४३ घर, ऐसेलुखर्क गाउँपालिकामा २ सय ३१ घर, रावाबेँसी गाउँपालिकामा २ सय ६ घर, जन्तेढुंगा गाउँपालिकामा २ सय २० घर, खोटेहाङ गाउँपालिकामा २ सय ८० घर, केपीलासगढी गाउँपालिकामा २ सय ११ घर, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा २ सय ३ घर, साकेला गाउँपालिकामा १ सय ५० घर र बराहपोखरी गाउँपालिकामा १ सय ९६ वटा घरको फुसको वा कच्ची छाना हटाएर जस्ता हाल्नेगरी कोटा निर्धारण गरेको छ ।

    सुरक्षित नागरिक आवास कार्यक्रमका लागि सम्वन्धित स्थानीय सरकारले १० दिने सुचना जारी गर्ने र सोही सूचनाका आधारमा स्थानीयले आवेदन दिनसक्ने व्यवस्था मिलाइने भट्टराईले बताए ।

    आगो, पानी तथा हुरीबाट सहजै प्रभावित हुनसक्ने पराल, खर, स्याउला, विटुमिन ड्रमजस्ता सामग्रीबाट बनाएको, गरिबीको रेखामुनि रहेर आफैले सुरक्षित आवास निर्माण गर्न चाहेको तथा निर्माण गरिरहेको घर परिवारलाई सुरक्षित नागरिक आवास कार्यक्रममा समेट्ने तयारी गरिएको छ । ‘सुरक्षित नागरिक आवास कार्यक्रमका लागि हरेक स्थानीय तहले सूचना निकाल्छ ।

    लाभग्राहीले निवेदन दिन्छ । त्यही निवेदनका आधारमा प्राविधिकले घर–घरमा पुगेर सर्भे गर्दै वास्तविक लाभग्राहीको पहिचान गर्छ,’ प्रतिनिधिसभा सदस्य भट्टराईले भने, ‘छानिएका लाभग्राहीले शहरी विकास मन्त्रालयबाट स्थानीय तहमार्फत प्रतिपरिवार ५० हजार पाउने व्यवस्था गरिएको छ ।’

    नागरिकको मौलिक हक अन्तरगत आवासको अधिकार सम्वन्धी ऐन बमोजिम उपयुक्त, सुरक्षित र वातावरणमैत्री आवासको अधिकारको सम्मान, संरक्षण तथा परिपुर्तिका लागि गरिबीको रेखामुनि रहेका परिवारलाई जस्तापाताको छानामुनि ल्याउने गरी सरकारले सुरक्षित नागरिक आवास निर्माणको कार्यक्रम ल्याएको हो ।

    साँस्कृतिक महत्व बोकेका घुमाउने घर भने संरक्षण गरिने

    खोटाङमा सुरक्षित नागरिक आवास कार्यक्रम सञ्चालनका क्रममा ऐतिहासिक तथा साँस्कृतिक महत्व बोकेका घुमाउने घरलाई भने संरक्षण गरिने भएको छ । सुरक्षित नागरिक आवास कार्यक्रम जिल्ला समन्वय समितिको बैठकले पुरानोशैलीका घुमाउने घरलाई भने घर धनीको चाहना अनुशार संरक्षणका लागि पहल गर्ने निर्णय गरेको हो ।

    पुरानोशैलीका घुमाउने घर छ र घरधनीले संरक्षण गर्न चाहेमा सम्वन्धित स्थानीय तहमार्फत अनुदान व्यवस्था गरेर संरक्षण गर्ने निर्णय गरिएको प्रतिनिधिसभा सदस्य एवम् सुरक्षित नागरिक आवास कार्यक्रम जिल्ला समन्वय समितिका संयोजक भट्टराईले बताए

    प्रतिकृया दिनुहोस्

    १८ वर्षपछि सडक कालोपत्र

    म्याग्दी। जिल्लाको मालिका गाउँपालिका– ६ दरवाङको उपल्लो बजारको बाटो १८ वर्षपछि कालोपत्र भएको छ। नयाँपत्रिकाका...

    मुख्यमन्त्री कार्की लागे काठमाडौँ, सर्वोच्चमा मुद्दा दर्ता गराउने

    विराटनगर। कोशी प्रदेशमा नयाँ सरकार गठनको आव्हान भएपछि आज बिहानै मुख्यमन्त्री केदार कार्की काठमाडौँ लागेका...

    सोल्टी एक्स्प्रेस मर्टको मुख्य प्रायोजनमा १० मे मा अन्तर नेपाली फुटबल प्रतियोगिता हुने

    कुवेत- आगामी शुक्रबार अर्थात १० मे का दिन कुवेतमा भखरै मात्र खुलेको नेपाली मार्ट “सोल्टि एक्स्प्रेस...

    इजरायलले थाल्यो गाजा क्षेत्रको रफामा आक्रमण

    एजेन्सी। हमाससँगको शान्तिवार्ता भंग भएपछि इजरायली सेनाले गाजा क्षेत्रको रफामा हवाई हमला सुरु गरेको छ।...

    आज बैशाख-२५ गते मंगलबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २५ गते मंगलबार इश्वी सन २०२४ मे ७...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal