News Portal

खोटाङ जिल्लामा फुसको छाना विस्थापित गरेर प्रत्येकको धरमा जस्तापाता हाल्ने

हिमालीसंचार संवाददाता
४०३ पटक

खोटाङ । मंसिर ९, खोटाङ जिल्लामा २ हजारभन्दा बढि घरका फुसको वा कच्ची छाना हटाएर जस्ता हाल्ने सरकारले तयारी गरिएको छ। खोटाङ जिल्लामा २ नगरपालिका, ८ गाउँपालिका रहेको छ। नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत जिल्लाका २ हजार ३ सय ८८ घरधुरीमा फुसका छाना हटाएर जस्ताको छाना हाल्ने तयारी गरिएको हो ।

प्रतिनिधिसभा सदस्य विशाल भट्टराई संयोजक रहेको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत जिल्ला समन्वय समितिको मंगलबार दिक्तेलमा बसेको बैठकले सुरक्षित नागरिक आवास कार्यक्रमका लाभग्राहीको कोटा निर्धारण गरेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, १० स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाका प्रमुख लगायतको उपस्थितिमा भएको बैठकबाट वृद्ध, एकल महिला, अनाथ बालबालिका तथा अपांगता भएका घरमुली एवम् प्रकोपका कारण घरविहिन हुँदा आवास निर्माण गर्न चाहेका परिवारलाई प्राथमिकतामा राखेर सुरक्षित नागरिक आवास कार्यक्रमको अनुदान उपलव्ध गराउने निर्णय गरिएको प्रतिनिधिसभा सदस्य एवम् सुरक्षित नागरिक आवास कार्यक्रम जिल्ला समन्वय समितिका संयोजक भट्टराईले बताए ।

बैठकले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३ सय ४८ घर, हलेसी तुवाचुङ नगरपालिकामा ३ सय ४३ घर, ऐसेलुखर्क गाउँपालिकामा २ सय ३१ घर, रावाबेँसी गाउँपालिकामा २ सय ६ घर, जन्तेढुंगा गाउँपालिकामा २ सय २० घर, खोटेहाङ गाउँपालिकामा २ सय ८० घर, केपीलासगढी गाउँपालिकामा २ सय ११ घर, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा २ सय ३ घर, साकेला गाउँपालिकामा १ सय ५० घर र बराहपोखरी गाउँपालिकामा १ सय ९६ वटा घरको फुसको वा कच्ची छाना हटाएर जस्ता हाल्नेगरी कोटा निर्धारण गरेको छ ।

सुरक्षित नागरिक आवास कार्यक्रमका लागि सम्वन्धित स्थानीय सरकारले १० दिने सुचना जारी गर्ने र सोही सूचनाका आधारमा स्थानीयले आवेदन दिनसक्ने व्यवस्था मिलाइने भट्टराईले बताए ।

आगो, पानी तथा हुरीबाट सहजै प्रभावित हुनसक्ने पराल, खर, स्याउला, विटुमिन ड्रमजस्ता सामग्रीबाट बनाएको, गरिबीको रेखामुनि रहेर आफैले सुरक्षित आवास निर्माण गर्न चाहेको तथा निर्माण गरिरहेको घर परिवारलाई सुरक्षित नागरिक आवास कार्यक्रममा समेट्ने तयारी गरिएको छ । ‘सुरक्षित नागरिक आवास कार्यक्रमका लागि हरेक स्थानीय तहले सूचना निकाल्छ ।

लाभग्राहीले निवेदन दिन्छ । त्यही निवेदनका आधारमा प्राविधिकले घर–घरमा पुगेर सर्भे गर्दै वास्तविक लाभग्राहीको पहिचान गर्छ,’ प्रतिनिधिसभा सदस्य भट्टराईले भने, ‘छानिएका लाभग्राहीले शहरी विकास मन्त्रालयबाट स्थानीय तहमार्फत प्रतिपरिवार ५० हजार पाउने व्यवस्था गरिएको छ ।’

नागरिकको मौलिक हक अन्तरगत आवासको अधिकार सम्वन्धी ऐन बमोजिम उपयुक्त, सुरक्षित र वातावरणमैत्री आवासको अधिकारको सम्मान, संरक्षण तथा परिपुर्तिका लागि गरिबीको रेखामुनि रहेका परिवारलाई जस्तापाताको छानामुनि ल्याउने गरी सरकारले सुरक्षित नागरिक आवास निर्माणको कार्यक्रम ल्याएको हो ।

साँस्कृतिक महत्व बोकेका घुमाउने घर भने संरक्षण गरिने

खोटाङमा सुरक्षित नागरिक आवास कार्यक्रम सञ्चालनका क्रममा ऐतिहासिक तथा साँस्कृतिक महत्व बोकेका घुमाउने घरलाई भने संरक्षण गरिने भएको छ । सुरक्षित नागरिक आवास कार्यक्रम जिल्ला समन्वय समितिको बैठकले पुरानोशैलीका घुमाउने घरलाई भने घर धनीको चाहना अनुशार संरक्षणका लागि पहल गर्ने निर्णय गरेको हो ।

पुरानोशैलीका घुमाउने घर छ र घरधनीले संरक्षण गर्न चाहेमा सम्वन्धित स्थानीय तहमार्फत अनुदान व्यवस्था गरेर संरक्षण गर्ने निर्णय गरिएको प्रतिनिधिसभा सदस्य एवम् सुरक्षित नागरिक आवास कार्यक्रम जिल्ला समन्वय समितिका संयोजक भट्टराईले बताए

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...