News Portal

  • म्यानपावरमा छापा मार्दा प्रहरीमाथि हातपात, विदेशी नियोगको गाडी पनि भेटियो

    हिमालीसंचार संवाददाता
    ३६८ पटक

    काठमाण्डौ – मंगलबार विहान वैदेशिक रोजगार विभागको टोली लाजिम्पाटस्थित होप इन्टरनेसनलमा पुग्यो । विभागलाई पूर्व श्रमस्वीकृति नलिई कतार पठाउने भन्दै कामदारसँग अन्तर्वार्ता लिइरहेको सूचनाको आधारमा टोली पुगेको थियो ।

    टोली त्यहाँ पुग्नासाथ हतार-हतार अन्तरवार्ता बन्द गरियो । म्यानपावर सञ्चालक, कर्मचारी सहित अन्तरवार्तास्थलमा रहेका विदेशी नागरिक पनि हतार-हतार भवननभित्र छिरे । ढोका बन्द गरे । बाहिर लाइनमा झण्डै २ सय युवा थिए । विभागका अनुसार उनीमध्ये अधिकांश भूतपूर्व तथा बहालावाला प्रहरी तथा सैनिकहरु थिए ।

    विभागको टोली पुगेपछि भिड तितरबितर भयो । म्यानपावर परिसरमा ४५-सीडी-००९ नम्बरको विदेशी नियोगको गाडी थियो । विभागका अनुसर यो गाडी कतारी दूतावासको हो । गाडीभित्र एकजना चालक बसिरहेका थिए, उनले कुराकानीमा गाडीको सिसा खोल्नै मानेनन् ।

    विभागले बाहिर कागजपत्र बोकर बसेकाहरुसँग सोधखोज थाल्यो । त्यसक्रममा एकजना युवकसँग १७ जना युवाको डकुकेन्ट भटियो । उनी त्यहाँबाट उम्किन खोज्दै थिए । उनले परिचय दिन मनेनन्, मेडिकल सञ्चालक भएको बताइरहे । तर, अनुगमन टोलीसँगै गएका प्रहरीले रोक्न खोजे । तर, प्रहरीमाथि ती युवा उनी जाइलागे । घम्साघम्सीपछि प्रहरीले बल्लतल्ल उनलाई नियन्त्रणमा लिए । थप प्रहरी बल बोलाइयो ।

    विभागका एक अधिकारीका अनुसार उनी पूर्व सैनिक थिए । ती एजेन्ट कतारी पुलिसमा युवालाई पठाउने ग्यरेन्टी गरेर त्यहाँ उपस्थित भएका थिए । उनले ल्याएका युवा भने विभागको टोली देखेपछि लाखापाखा लागेको थियो ।

    करिब डेढ घण्टापछि प्रहरीको थप बल आएर ढोका खोल्न लगाइयो । त्यसपछि चार जना कतारी नागरिक त्यहाँबाट हतार-हतार बाहिर निस्किएर भागे । त्यसपछि विभागले त्यहाँ भेटिएका म्यानपावरका सञ्चालकसँग सोधपुछ गरे । उनले अन्तरवार्ता नलिएको र पूर्वछनोटका लागि कतारी प्रहरी र गुप्तचर अधिकारी नेपाल आएको दावी गरे ।

    तर, को-को आएका हुन् भन्नेबारे उनले खुलाएनन् । उनले यसरी छापा मार्दा देशको बेइज्जत भएको दावी पनि गरे । ती सञ्चालकले माग नआएपनि केही दिनभित्र माग आउने र युवाहरु निःशुल्क भिसा र टिकट सुविधामा कतारमा जान पाउने तर्क पनि राखे । विभागले सो म्यानपावरले अवैध रुपमा अन्तरवार्ता लिएको विषयमा अनुसन्धान थालेको बताएको छ ।

    युवा ठग्दै म्यानपावर 

    विभागले सोमबार डीडी ह्युमन रिसोर्स र एसओएस म्यानपावर कम्पनीमा पनि छापा मारेर कागजपत्रसमेत जफत गरेको थियो । ती म्यानपावरमा ४ सयभन्दा बढी युवाहरु अन्तरवार्तामा लागि आएको भेटिएको थियो ।

    नियमअनुसार म्यानपावर कम्पनीले श्रमिकको मागपत्र विदेशस्थित दूतावासबाट प्रमाणीकरण गराएर वैदेशिक रोजगार विभागबाट पूर्वश्रमस्वीकृति लिनुपर्छ । र, तय भएको अन्तरवार्ताको मिति विभागलाई जानकारी गराउनुपर्छ ।

    अन्तरवर्ताबाट छनोट भएका कामदारको अन्तिम श्रम स्वीकृति विभागबाट जारी हुन्छ । तर, अहिले काठमाडौंमा विभिन्न म्यानपावरले ठगी गर्ने गरी पूर्वस्वीकृति नभएको श्रमिकको मागपत्रमा आधारित भएर अन्तरवार्ता चलाइरहेको पुष्टि भएको छ ।

    सिन्डिकेटको आंशका

    कतारको नेपालस्थित कतारी दूतावासका कर्मचारी नै यसमा संलग्न रहेको देखिएको विभागका एक अधिकारीले बताए । तीन महिनाअघि देखिनै कतारमा श्रमिक पठाउने काममा सीमित म्यानपावर मात्रै सहभागी हुन पाउने गरी सिन्डिकेट लाद्न खोजिएको चर्चा चलिहरेको छ ।

    संसदीय समितिले पनि सरकारलाई यसबारे छानविन गर्न भनेको छ । यही बेला भटाभटी कतारको रोजगारीका लागि भन्दै अवैध रुपमा अन्तरवार्ता लिने काम चलिहरेको पुष्टि भएको छ ।

    कतारी पुलिसका लागि भन्दै सुरुमा महिनामा १ लाख र ३ महिनापछि महिनाको २ लाख कमाइ हुने भन्दै अहिले विभिन्न म्यानपावरमा यस्ता अन्तरवार्ता चलिरहेको छ । यस्तो काममा पठाउनका लागि म्यानपावर कम्पनीले युवासँग १२ देखि १५ लाख रुपैयाँ उठाउने गरेका छन् । यस्ता कामदारले मिनिस्ट्र अफ इन्टिरियर ह्युमन रिसोर्स डिर्पाटमेन्टमा काम पाउने भनिएको छ ।

    होप इन्टरनेशनल, अल-थाक्वेत ओभरसिज, एसओएस म्यानपावर, डीडी हृयुमन रिसोर्स म्यानेजमेन्ट, राज ओभरसिज, अल-रायन इन्टरप्राइजेज, गोर्खा इन्काउन्टर्स, सुपर्भ फर अल्टिमेट म्यानपावर सोलुसन र कैलास इन्टरनेशनल म्यानपावर लाई मात्रै कतारमा श्रमिक पठाउने गरी सिन्डिकेट लाद्न खोजिएको आरोप अन्य व्यवसायीले लगाउँदै आएका छन् ।

    त्यसबाहेक न्यू पाथीभरा प्लेसमेन्ट सर्भिसेज, डेभिड फरेन रिक्विमेन्ट एजेन्सी, धर्म ओभरसिज, साउन्डलिनेस रिक्रुटमेन्ट, कञ्चन हृयुमन रिसोर्स म्यानेजमेन्ट र इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट प्रालि पनि सो सूचीमा रहेको दावी गरिँदै आएको छ 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ८ गतेको राशिफल

    आज मंसिर ८, २०८२ (नोभेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेन जेड पुस्ता र नेपालको समसामयिक परिदृश्य

    काठमाडौ – नेपाल आज एउटा यस्तो राजनीतिक संघारमा छ, जहाँ जेन जेड पुस्ताको उर्जाशील विद्रोह,...

    नेपालमा युवा–राजनीति अन्तर : क्षमता ठूलो, स्थान सानो

    काठमाडौं । नेपालमा १३ देखि ३० वर्षसम्मका युवाहरू देशको सबैभन्दा ठूलो जनसंख्या हिस्सा हुन्। देशको...

    ‘सामाजिक संस्थामा राजनीति अस्वीकार्य’ युवा शक्ति कुवेतका सल्लाहकार विजय खत्री

     कुवेत–कुवेतमा भरखर मात्रै गठन भएकाे सामाजिक सस्थामा केही राजनीति केही व्यक्तिबाट राजनीति घुसेको बारेमा गम्भीर...

    सर्वोच्चमा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइ हुँदै

    काठमाडौं, मंसिर ७ – राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च...