News Portal

  • मोरङका विभिन्न पालिका भित्रका विधालयहरुमा मंसिर १५ गतेदेखि पठनपाठन सुचारु गर्ने निर्णय

    हिमालीसंचार संवाददाता
    २७४ पटक

    रबिन्द्र बराल/ मोरङ – मोरङका विभिन्न नगरपालिकामा, पालिका स्तरीय बैठकमा मंगलबार रतुवामाई नगरपालिका, सुनवर्शी नगरपालिका, रङ्गेली नगरपालिका, धनपालथान गाउपालिका, जहदा गाउपालिका र कटहरी गाउँपालिकाको प्रमुखहरु, अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखाका प्रमुखहरुको संयुक्त बैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। 

    बैठकले प्रत्येक विद्यालयले विद्यार्थी, शिक्षकहरुलाई अनिवार्य साबुन पानीले हात धुने व्यवस्था गर्ने, विद्यालयले प्रत्येक विद्यार्थीको थर्मल गन प्रयोग गरी आफ्नै कर्मचारीद्वारा अनिवार्य तापक्रम नाप्ने व्यवस्था गर्ने, थर्मल गनको व्यवस्था प्रत्येक विद्यालयको लागि सम्बन्धित नगर, गाउँपालिकाले गर्ने, विद्यालयले प्रत्येक हप्ता कम्तीमा एक पटक विद्यालय सेनिटाइज/ डिसइन्फेक्ट गर्ने व्यवस्था मिलाउने, कक्षा १ देखि ५ सम्म संचालित विद्यालयहरुलाई दिवा सत्रमा र कक्षा ६ देखि १२ सम्म संचालित विद्यालयहरुलाई विहानी सत्रमा सामाजिकदूरी कायम गरी संचालन गर्ने व्यवस्था गरेर विधालय सञ्चालन गर्ने निर्णय गरेको हो। 

    विद्यार्थी, शिक्षकलाई कोरोना संक्रमित लक्षण देखिएमा अनिवार्य १४ दिनको लागि बिदामा बस्न लगाउने र पि. सि. आर. टेस्ट गर्ने व्यवस्था मिलाउने तथा  नेपाल सरकारले पाठ्यक्रम विकास केन्द्रद्वारा जारी गरिएको समायोजित पाठयक्रमलाई नै लागु गरी पठनपाठन संचालन गर्ने, विद्यालयले अनिवार्य विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकको बैठक बसी अनिवार्य अभिभावकहरुवाट विद्यालय संचालनको लागि सहजीकरण गर्ने प्रतिबद्धता गर्न, हरेक समस्याको जिम्मेबारी सबै पक्षले लिने, प्रत्येक सामुदायिक, धार्मिक, संस्थागत विद्यालयहरुलाई थर्मल गन र यस बाहेक अन्य स्वास्थ्य सामग्रीहरु सामुदायिक र धार्मिक विद्यालयहरुलाई सम्बन्धित पालिकाले दिने व्यवस्था गर्ने निर्णय गरेका छन् 

    हरेक १५ दिनमा गाउँ, नगर, पालिका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुखले उपर्युक्त बुँदा लागु भएको/ नभएको भनी अनिवार्य अनुगमन गर्ने, शिक्षा संग सरोकार राख्ने सम्पूर्ण निकाय संस्था, व्यक्ति, अभिभावक, शिक्षक, विद्यार्थी, बुद्धिजीवी, समाजसेवी, सबैले आ- आफ्नो क्षेत्रबाट कर्तव्यबोध गरी जिम्मेवारी वहन गर्ने  निर्णय समेत गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    रास्वपा र राप्रपाले मन्त्रीहरूको जवाफ बहिष्कार गर्दै प्रतिनिधि सभाबाट बहिर्गमन

    काठमाडौं, असार ९ – भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर विरोध गरिरहेका...

    आज २०८२ साल असार ९ गतेको राशिफल

    आज असार ९, २०८२ (जुन २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    क्रोएसिया पठाउने भन्दै ठगी गर्ने सिन्धुलीका युवक पक्राउ

    काठमाडौं, असार ८ – वैदेशिक रोजगारीको नाममा ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा सिन्धुलीका एक...

    जनमत पार्टीकी सांसद रायमाझीविरुद्ध बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी

    काठमाडौं, असार ८ – बैंकिङ कसुरको आरोपमा जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध...