News Portal

  • कोरोना संक्रमणका कारण पथरी गाविसका पूर्व अध्यक्ष बान्तवाको निधन

    हिमालीसंचार संवाददाता
    ३१७ पटक

    मोरङ – मोरङ जिल्लाको पथरीका तत्कालीन पथरी गाविसका पूर्वअध्यक्ष तिलक बान्तवा राईको कोरोना संक्रमणका कारण निधन भएको छ ।

    पूर्वअध्यक्ष बान्तावामा कोरोना संक्रमण देखिएपछि गत हप्ता उपचारा लागि विराट मेडिकल अस्पताल विराटनगर लगिएको थियो। उनको आज बिहान विराट मेडिकल अस्पताल विराटनगर निधन भएको हो ।

    प्रजातन्त्र स्थापना पछिको पहिलो स्थानीय निकायको निर्वाचनमा राई नेकपा एमालेबाट गाविस अध्यक्षमा निर्वाचित भएका थिए । पथरी बजारलाई ब्यवस्थीत बनाउन उनको निक्कै ठुलो योगदान, भूमिका रहेको थियो। 

    पूर्वअध्यक्ष राई पथरीकै मनकामना साकोसका संस्थापक अध्यक्ष समेत हुन । पछिल्लो समय विभिन्न व्यावसायिक कम्पनीमा आबद्ध रहेका राईका २ छोरा र ४ छोरी छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ८ गतेको राशिफल

    आज मंसिर ८, २०८२ (नोभेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेन जेड पुस्ता र नेपालको समसामयिक परिदृश्य

    काठमाडौ – नेपाल आज एउटा यस्तो राजनीतिक संघारमा छ, जहाँ जेन जेड पुस्ताको उर्जाशील विद्रोह,...

    नेपालमा युवा–राजनीति अन्तर : क्षमता ठूलो, स्थान सानो

    काठमाडौं । नेपालमा १३ देखि ३० वर्षसम्मका युवाहरू देशको सबैभन्दा ठूलो जनसंख्या हिस्सा हुन्। देशको...

    ‘सामाजिक संस्थामा राजनीति अस्वीकार्य’ युवा शक्ति कुवेतका सल्लाहकार विजय खत्री

     कुवेत–कुवेतमा भरखर मात्रै गठन भएकाे सामाजिक सस्थामा केही राजनीति केही व्यक्तिबाट राजनीति घुसेको बारेमा गम्भीर...

    सर्वोच्चमा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइ हुँदै

    काठमाडौं, मंसिर ७ – राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च...