News Portal

हङकङमा आज ७३ जनामा कोरोना संक्रमण पुष्टि

हिमालीसंचार संवाददाता
३३१ पटक

युवा राई/हङकङ – हङकङमा सोमवार थप ७३ जनामा कोरोना संक्रमणको पुष्टि भएको हङकङ स्वास्थ्य संरक्षण केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार संक्रमितहरुमा ६३ जना स्थानीय र १० जना आयातित रहेका छन्। कोरोना संक्रमित यो तीन महिनाकै सबैभन्दा ठूलो आँकडा हो। हङकङमा कोरोना संक्रमितको संख्या ५,७०२ पुगेको छ।

आज पनि थप ७० भन्दा बढी प्रारम्भिक केसहरू थपिएका छन्। हङकङमा ५० जना डान्स ग्रुप क्लस्टरबाट संक्रमित भएका छन्। यससंगै यस ग्रुपबाट संक्रमित हुनेको संख्या १३२ पुगेको छ। ५० जना स्थानीय कोरोना संक्रमित पुराना केससंग जोडिएका छन् भने ८ जना संक्रमितको संक्रमणको स्रोत खुल्न सकेको छैन।

हङकङ केन्द्रका अनुसार ५,२६७ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट स्वास्थ्यलाभ लिएका छन्। अहिले २२४ जनाको उपचार भइरहेको छ। ८ जना कोरोनाका विरामीको अवस्था भने गम्भीर रहेको केन्द्रले जनाइएको छ। कोरोनाका कारण हालसम्म हङकङमा १०८ जनाको मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस्

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...