News Portal

अमेरिकी सेनामा कार्यरत गोरखाका एक युवकको दुर्घटनामा मृत्यु

हिमालीसंचार संवाददाता
४३७ पटक

ऐजेन्सी – अमेरिकाको ओक्लाहोमा राज्यस्थित नोबल कन्ट्रीमा नेपाली समयअनुसार शनिबार राती कार दुर्घटनामा परी गोरखाको लखन थापा गाउँपालिका-८, छापथोकका २३ वर्षका सुरेश श्रेष्ठको मृत्यु भएको छ।

अमेरिकी ओक्लाहोमा न्युज फोर अनलाइनका अनुसार दुर्घटनामा परी टाउको र शरीरको भित्री भागमा चोट लागेका कारण श्रेष्ठको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ।

स्थानीय समाचारमा उल्लेख गरिएअनुसार उनी चढेको कार अवैध पार्किङ गरिएको मालवाहक ट्रकमा ठोक्किएको थियो । दुर्घटनापछि करिब २५ मिनेट कारभित्रै थुनिएका श्रेष्ठलाई एम्बुलेन्सबाट सेन्ट म्यारिज रिजनल मेडिकल सेन्टरमा लगिएको थियो ।

करिब ५ वर्षअघि अध्ययन गर्न अमेरिका गएका सुरेश तीन वर्षअघि अमेरिकी सेनामा भर्ती भएको आफन्त राजेश श्रेष्ठले बताए । उनका बाबु, आमा, हजुरआमा, दिदी र भाइ नेपालमा नै छन् । अमेरिकी सेनामा भर्ती भएपछि उनी एक पटक नेपाल आएका थिए ।

प्रतिकृया दिनुहोस्

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...