News Portal

ब्राउन सुगरसहित चार जना पक्राउ

हिमालीसंचार संवाददाता
३३९ पटक

काँकडभिट्टा — प्रहरीले २८ ग्राम ब्राउन सुगरसहित झापा मेचीनगर ७ बाट चार जनालाई आइतबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार मेचीनगर ७ सिद्धार्थ टोलस्थित अशान्ति राजवंशीको घर डेरामा लिएर लागू पदार्थको कारोबार गर्दै आएका मेचीनगर ७ का २९ वर्षीय सीताराम आङ्देम्बे, २२ वर्षीया मनिषा मगरलाई १३ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट ब्राउन सुगर बिक्री गरेर राखिएको १ लाख ३३ हजार नगदसमेत बरामद गरिएको प्रहरी नायव उपरीक्षक राजेन्द्र पोख्रेलले जनाए ।

त्यस्तै ब्राउन सुगर खरिद गर्न धरानबाट आएका धरान ५ बस्ने २४ वर्षीय कल्याण राई र धरान १६ का २४ वर्षीय रिजन लकान्द्रीलाई समेत पक्राउ गरिएको छ । प्रहरीले उनीहरु चढी आएको को ३५प ७०१६ नम्बर मोटरसाइकल समेत बरामद गरिएको छ ।अभियुक्तलाई थप अनुसन्धानका लागि हिरासतमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...