News Portal

ब्राउन सुगरसहित चार जना पक्राउ

हिमालीसंचार संवाददाता
३१८ पटक

काँकडभिट्टा — प्रहरीले २८ ग्राम ब्राउन सुगरसहित झापा मेचीनगर ७ बाट चार जनालाई आइतबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार मेचीनगर ७ सिद्धार्थ टोलस्थित अशान्ति राजवंशीको घर डेरामा लिएर लागू पदार्थको कारोबार गर्दै आएका मेचीनगर ७ का २९ वर्षीय सीताराम आङ्देम्बे, २२ वर्षीया मनिषा मगरलाई १३ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट ब्राउन सुगर बिक्री गरेर राखिएको १ लाख ३३ हजार नगदसमेत बरामद गरिएको प्रहरी नायव उपरीक्षक राजेन्द्र पोख्रेलले जनाए ।

त्यस्तै ब्राउन सुगर खरिद गर्न धरानबाट आएका धरान ५ बस्ने २४ वर्षीय कल्याण राई र धरान १६ का २४ वर्षीय रिजन लकान्द्रीलाई समेत पक्राउ गरिएको छ । प्रहरीले उनीहरु चढी आएको को ३५प ७०१६ नम्बर मोटरसाइकल समेत बरामद गरिएको छ ।अभियुक्तलाई थप अनुसन्धानका लागि हिरासतमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...