News Portal

सुनसरीको पानवारीमा भव्य पार्क बन्ने, डिपिआर समेत तयार

हिमालीसंचार संवाददाता
३४८ पटक

धरान -धरान उपमहानगरपालिका वडा नं. ६ स्थित पाँचकन्या पार्क बनाउने भएको छ। सामुदायिक वन उपभोक्ता समूहले पाँचकन्य पार्कको विस्तृत परियोजना रिपोर्ट डिपिआर समेत तयार गरिसकेको छ ।

पाँचकन्या सामुदायिक वनको समीपमा करिब ५ बिगाहा क्षेत्रफलमा बन्ने पार्कमा चिल्ड्रेन्स पार्क, मिनी चिडिया घर, पिकनिक स्पोर्ट, हरियाली पार्क, स्विमिङ पुल, सेमिनार हल, मनोरञ्जन स्थल लगायतको निर्माण गरिने वनका अध्यक्ष रमेश पौडेलले बताए ।

उनका अनुसार धरान पर्यटकीय नगर भएको र विशेष गरी पूर्व पाँचकन्या गाविस धरानमा समाहित भएपछि पाँचकन्याको अस्तित्व नै लोप भएका कारण पनि पाँचकन्या पार्कको नामले आफ्नो पहिचान कायम राख्न पार्कको अवधारणा ल्याइएको हो ।

पार्कको डिपिआर निर्माण भइसकेको बताउँदै वनका उपाध्यक्ष मेघराज खत्रीले आवश्यक बजेटका लागी पहल गर्ने काम भइरहेको बताए । पाँच करोड बढीको लगानीमा बन्ने पार्कले सुनसरीको पानवारीको मात्र नभई धरानकै एक उत्कृष्ट गन्तव्य बन्ने खत्रीको भनाइ रहेको छ ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...