News Portal

सुनसरीको पानवारीमा भव्य पार्क बन्ने, डिपिआर समेत तयार

हिमालीसंचार संवाददाता
३१४ पटक

धरान -धरान उपमहानगरपालिका वडा नं. ६ स्थित पाँचकन्या पार्क बनाउने भएको छ। सामुदायिक वन उपभोक्ता समूहले पाँचकन्य पार्कको विस्तृत परियोजना रिपोर्ट डिपिआर समेत तयार गरिसकेको छ ।

पाँचकन्या सामुदायिक वनको समीपमा करिब ५ बिगाहा क्षेत्रफलमा बन्ने पार्कमा चिल्ड्रेन्स पार्क, मिनी चिडिया घर, पिकनिक स्पोर्ट, हरियाली पार्क, स्विमिङ पुल, सेमिनार हल, मनोरञ्जन स्थल लगायतको निर्माण गरिने वनका अध्यक्ष रमेश पौडेलले बताए ।

उनका अनुसार धरान पर्यटकीय नगर भएको र विशेष गरी पूर्व पाँचकन्या गाविस धरानमा समाहित भएपछि पाँचकन्याको अस्तित्व नै लोप भएका कारण पनि पाँचकन्या पार्कको नामले आफ्नो पहिचान कायम राख्न पार्कको अवधारणा ल्याइएको हो ।

पार्कको डिपिआर निर्माण भइसकेको बताउँदै वनका उपाध्यक्ष मेघराज खत्रीले आवश्यक बजेटका लागी पहल गर्ने काम भइरहेको बताए । पाँच करोड बढीको लगानीमा बन्ने पार्कले सुनसरीको पानवारीको मात्र नभई धरानकै एक उत्कृष्ट गन्तव्य बन्ने खत्रीको भनाइ रहेको छ ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...