News Portal

  • यलम्वर संगीत प्रतियोगिताका टप १० प्रतियोगी छनौट, विजेतालाई हङकङ जाने अबसर

    हिमालीसंचार संवाददाता
    २७१ पटक

    काठमाण्डौ – किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय समितिले अनलाईनमार्फत विश्वब्यापी रुपमा सञ्चालन गरिरहेको चौथो चरणको छनौट प्रतियोगीताबाट उत्कृष्ट १० जना प्रतिष्पर्धी छानेका छन्।

    शनिबार भएको छनौट प्रतियोगीताबाट खोटाङका लकेश राई, प्रबृत्ति राई र मञ्जु राई, ओखलढुंगाका चाँदनी वाम्बुले राई र मनोजकुमार राई, सुनसरीका बिनु राई र सरिता राई, उदयपुरका पम्फा चाम्लिङ राई, धनकुटाका साङ्गेन राई र इजरायलबाट निलीमा साम्पाङ राई पनि चयन भएका छन् । विभिन्न १० देशका २ सय १३ जना प्रतिस्पर्धीमध्येबाट क्रमशः पहिलो, दोश्रो र तेश्रो हुँदै चौथो चरणमा १० जना प्रतियोगी छनौट गरिएको प्रतियोगिताका प्रचार-प्रसार विभाग संयोजक पदम थुलुङले जानकारी दिएका छन् । 

     प्रतियोगीले आफ्नो ‘सक्कली’ आवाजलाई एमपीफोर फाईल भिडियो बनाएर आयोजकलाई उपलव्ध गराउनुपर्ने र आयोजकले सोही एमपीफोर फाईल भिडियोको आधारमा प्रतिष्पर्धा गराउने व्यवस्था मिलाइएको छ। सामाजिक–साँस्कृतिक जागरण अभियानका रुपमा हरेक वर्ष सञ्चालन गरिँदै आएको प्रतियोगितालाई यसपल्ट कोरोना भाइरस महामारीका कारण अनलाईन संस्करणमार्फत विश्वव्यापी बनाइएको किरात राई साँस्कृतिक कलाकार संघले जनाएको छ ।

    प्रतिष्पर्धाका लागि आयोजकले गत भदौ २५ गतेदेखि असोज १६ गतेसम्म एमपीफोर फाईल भिडियो पठाउन आव्हान गरेको थियो । प्रतियोगिताका प्रथम, दोश्रो, तेश्रो तथा दर्शकले रुचाएका उत्कृष्ट प्रतियोगीले क्रमशः नगद ३० हजार, १५ हजार, १० हजार र पाँच हजार नगद सहित प्रमाण–पत्र प्राप्त गर्ने किरात राई साँस्कृतिक कलाकार संघका केन्दीय अध्यक्ष रामकर राईले वताए । प्रतियोगीताको फाईनल प्रतियोगीता तीन हप्तापछि हुने आयोजकले जनाएको छ ।

    किराती इतिहास, मौलिकता, भाषा, संस्कार–संस्कृतिको संरक्षण, प्रवद्र्धन तथा उत्थानको लागि किरात राई साँस्कृतिक कलाकार संघले यलम्वर संगीत प्रतियोगिता सुरु गरेको हो । हालसम्म सागर संसार राई, निश्चल राई, नम्रता राई, सोनाम राई र अम्विका राईले यलम्वर संगीत प्रतियोगिताको पहिलो उपाधि हात पारिसकेका छन् । प्रतियोगीतामा किरात राई समुदायका प्रतियोगीले मात्र सहभागीता जनाउन पाउने व्यवस्था रहेको छ। किराती विषयमा सम्वन्धित गीतलाई ट्र्याकमा प्रस्तुत गर्नुपर्ने मापदण्ड समेत रहेको छ। 

    यलम्वर संगीत प्रतियोगिताका विजेताले हङकङमा सञ्चालन हुने एलम्बर साँझमा सहभागी हुने अवशर पाउने छन् । हङकङमा हरेक वर्ष एलम्बर साँझ सञ्चालन गर्दै आएको किरात राई यायोक्खा हङकङले यलम्वर संगीत प्रतियोगिताका विजेतालाई एलम्बर साँझमा प्रस्तुतीका लागि लैजाने निर्णय गरेको छ ।

    यलम्वर संगीत प्रतियोगिताका दोश्रो पुरस्कार विजेतालाई एउटा गीत रेकर्डको अवशर प्रदान गरिने आयोजकले जनाएको छ । पृथक क्रियसनले गीतको स्टुडियो खर्च निःशुल्क गर्ने र बाँकी खर्च जय राईले प्रायोजन गर्ने प्रतियोगिताका प्रचार–प्रसार विभाग संयोजक थुलुङले वताएका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउनुपर्ने प्रधानमन्त्री ओलीको जोड

    काठमाडौं, साउन ३० – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालन भइरहेका सबै सामाजिक सञ्जाललाई अनिवार्य...

    दाङमा नाबालिग बलात्कार प्रकरणमा युवकलाई १२ वर्ष कैद

    दाङ, साउन ३० — दाङ जिल्लामा १४ वर्षीया नाबालिग बलात्कार प्रकरणमा संलग्न एक युवकलाई अदालतले...

    आज २०८२ साल साउन ३० गतेको राशिफल

    आज साउन ३०, २०८२ (अगस्त १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    धरहरा टपरी ममलाई २ लाख जरिवाना, ममभित्र धातुको औंठी फेला

    काठमाडौं, साउन २९ – काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको...

    दैलेखमा १३ वर्षीय बालिकामाथि सामूहिक बलात्कारको सनसनीपूर्ण घटना, दुई जना पक्राउ

    दैलेख, साउन २५ – पश्चिम दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–८, माथिल्लो खाडामा बिहीबार साँझ १३ वर्षीया बालिका...