News Portal

भोजपुरको टेम्के डाडामा बन्ने भ्यू टावरको डाक्टर महावीर पुनको सुझाव

हिमालीसंचार संवाददाता
३५५ पटक

काठमाण्डौ – राष्ट्रिय आविष्कारक केन्द्रका अध्यक्ष डा. महावीर पुनले भोजपुरको टेम्के डाडामा बन्न लागि रहेको भ्यू टावरको लागि आफ्नो धारणा राख्दै सुझाव राखेका छन् ।

डा. पुनले “धेरै साथीहरुलाई मैले टेम्के भ्युटावर बनाउने कुराको बारेमा मेरो विचार लेख्दा निकै चित्त दुखेछ। चित्त दुख्नेहरुले माफ गर्नु होला भन्ने अनुरोध छ। अब सुन्नु होस् मेरो कुरा: तपाइहरुले त्यो टावरलाई सांस्कृतिक पहिचानको लागि बनाइने टावर हो भनेर भन्नु भएको छ। मैले सुने अनुसार त्यसलाई भ्युटावर भनेर बनाउने भनिएको छ। त्यसैले मेरो भनाई निम्न अनुसार छ।”

“सांस्कृतिक पहिचानको लागि कुनै स्मारक निर्माण गर्ने भन्नु र दृश्याबलोकनको लागि भ्युटावर बनाउने भन्नु फरक कुराहरु हुन् ।” डा. पुनले भनेका छन् ।  यदि सो टावरलाई “सांस्कृतिक पहिचानको लागि स्मारकको रुपमा बनाईने हो भने म सहमत छु तर भ्युटावर बनाएर दृश्यावलोकन गर्ने  भनेर  बनाउने हो भने म सहमत छैन।” भनेर आफ्नो धारणा राखेका छन्। “हिमाल सहित नेपालका सबै डांडाहरु प्राकृतिक टावरहरु हुन् र हाम्रा डांडाहरु कृत्रिम टावरहरु भन्दा हजारौं गुणा अग्ला छन। मेरो कुरा राम्रो संग पढ्नु होला।” मैले त्यो टेम्के डांडाको भ्युटावर बनाउने कुराको मात्र बिरोध गरेको होइन नि। भनेका छन् । 

लाखौं करोडौंको लागतमा दृश्याबलोकन र पर्यटक भित्राउने भन्ने निहुँमा सयौं र हजारौं मिटर अग्लो प्राकृतिक डांडामा बिस तिस मिटर अग्लो टावरहरु पैसा खाने उदेश्यले नेपाल भरि धेरै ठाउँहरुमा बनि सके र बन्दैछन। मेरो भनाई त्यो पैसा अहिलेलाई अति आबश्यक र गतिलो काममा प्रयोग गरौँ भन्ने हो। भनेका छन् । 

डाक्टर पुनले थप “टावरहरु बनाउनु भन्दा पहिला देशलाई अनुसन्धान तथा बिकासको माध्यमबाट धनी बनाउँ। देश धनी भए पछि जे जे बनाए पनि हुन्छ नि।  कि कसो ?” भनेर आफ्ना आलोचकहरुका लागि प्रतिप्रश्न गरेका छन्। डाक्टर पुनले “कसैलाई चित्त बुझेन भने फोन गरे हुन्छ ९८४१५९२३६१ कुरा गरुम्ला मज्जासंग धन्यबाद।” भनेर आफ्ना सम्पर्क नम्बर समेत सामाजिक संजाल फेसबुकमा दिएका छन् । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...