आज : २०२६-०६-२६, शुक्रबार

मोरङको रतुवामाईबाट १६ जना जुवा खेलाडी पक्राउ

रबिन्द्र बराल/मोरङ– मोरङ रतुवामाई नगरपालिका वडा नं ८ स्थित सागर बतौलाको घरमा गतरात जुवा खेलिरहेको अवस्था १६ जनालाई सिजुवा प्रहरीले पक्राउ गरेको छ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले जुवा तास खेल्ने र  खेलाउने कार्य भईरहेको जानकारी प्रप्त भएपछि प्रहरीले १६ जना  जुवाको खालबाट नगद एक लाख उनान्सत्तरी हजार ६ सय रुपैया र १ बुङ तास, कौडा गोटी १६ थान, विभिन्न कम्पनीका मोबाईल १९ वटा मोटरसाईकल र २ वटा कार समेतका प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा  रतुवामाई न.पा.-७ सिजुवा बजार बस्ने बर्ष ४७ को डिल्लीराम चौलागाई, बर्ष ३५ को मोती पौडेल, ४३ बर्षका  रामनाथ मैनाली, वर्ष ४१ को देवी प्रसाद प्रसाई, वर्ष ३७ का  रामनाथ नेपाल,  वर्ष ४५ को हेमलाल प्रसाई,  बर्ष ४० को नारायण चुडाल,  उल्लुकुटु बस्ने बर्ष ४४ का सन्त बराई, वर्ष ३५ को सागर गडतौला,  बर्ष ४५ का  दिपक ढुङगाना, दाम्राभिट्टा बजार बस्ने बर्ष ४५ को योगराज घिमिरे,  बर्ष ३८ का  अशोक भट्टराई,  बर्ष ३९ का  राजन हस्ता सतार,  कादुघाडा बस्ने बर्ष ४५ का  गोपी पराजुल,  सौठा बस्ने वर्ष ३६ का  रविन पोखरेल, बेलबारी न.पा.७ बिच बजार बस्ने बर्ष २२ को गणेश श्रेष्ठ, पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मान वहादुर राईले बताए ।