News Portal

साउदीको दमाम र जुवेलमा अस्थायी राहदानी आवेदन संकलन केन्द्र

हिमालीसंचार संवाददाता
५२० पटक

रियाद – साउदी अरेबियास्थित नेपाली राजदूताबासले दमाम र जुवेलमा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्ने भएको छ। यसका लागि राजदूताबासले शुक्रबार एक सूचना प्रकाशित गरि जानकारी गराएको हो।

साउदी अरेबियाको राजधानी रियादमा रहेको नेपाली राजदूताबासले रियाद शहर भन्दा टाढा रहेका सेवाग्राहीलाई पायकपर्ने स्थानबाटै राहदानी नविकरण सेवा प्रदान गर्ने उद्देश्यले पहिलो चरणमा दमाम र जुवेलमा राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्न लागेको राजदूताबासले जानकारी गराएको हो।

नेपाली राजदुताबासले अस्थायी कार्यालय स्थापना हुने दमाम शहरमा ४ डिसेम्बर २०२० शुक्रबार र जुवेल शहरमा ११ डिसेम्बर २०२० शुक्रबार हुने भए पनि अस्थायी कार्यालय राख्ने स्थान र समय पछि जानकारी गराइने बताएको छ।

राहदानी आवेदन फाराम संकलन गर्दा अनलाइन फाराम भरेकाहरूलाई पहिलो प्राथमिकता दिइनेसमेत सूचनामा जनाइएको छ।

राहदानी नविकरणको लागि अनलाइन फाराम भर्न बाँकी रहेकाहरूले आफैंले वा आफ्ना साथीभाईको सहयोगमा अथवा सूचनामा दिएको लिंकबाट यथाशीघ्र अनलाईन फारम भरी पठाउन राजदूताबासले भनेको छ।

यस्तो छ राजदूतावास साउदीद्वारा जारी सूचना:

दमाम र जुवेलमा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्ने सम्बन्धी सूचना !

राजदूतावास रहेको शहर (रियाद) भन्दा टाढा रहनुहुने सेवाग्राहीलाई उहाँहरूलाई पायक पर्ने स्थानबाटै राहदानी नविकरण सेवा प्रदान गर्ने उद्देश्यले पहिलो चरणमा देहायका शहर र मितिमा राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्न लागेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।

अस्थायी कार्यालय स्थापना हुने शहर कार्यालय सञ्चालन हुने मिति
१. दमाम शुक्रबार ०४ डिसेम्बर २०२०
२. जुवेल शुक्रबार ११ डिसेम्बर २०२०

अस्थायी कार्यालय राख्ने स्थान र समय पछि जानकारी गराइनेछ ।

साथै, राहदानी आवेदन फाराम संकलन गर्दा अनलाइन फाराम भर्नुभएकाहरूलाई पहिलो प्राथमिकता दिइने व्यहोरा समेत जानकारी गराईन्छ।

तसर्थ, राहदानी नविकरणको लागि अनलाइन फाराम भर्न बाँकी रहेकाहरूले आफैंले वा आफ्ना साथीभाईको सहयोगमा https://forms.gle/pryfMdChxs2QHCPi6 लिंकबाट यथाशीघ्र अनलाइन फाराम भरी पठाउनु हुन पुनः अनुरोध गरिन्छ।

नेपाली राजदूतावास, रियाद
०५ मंसीर २०७७
(२० नोभेम्बर २०२०)

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...