News Portal

भारतीय जङ्गलमा एक नेपालीको गाेली हानी हत्या

हिमालीसंचार संवाददाता
६४६ पटक

शीतल भट्ट,
कञ्चनपुर – भारतीय जङ्गलमा एक नेपालीको गाेली हानी हत्या गरिएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका-५ उर्दीका अन्दाजी ३६ वर्षीय शिवलाल रानाको भारतीय दुदूवा नेशनल पार्कसँगै जाेडिएकाे मझेरी जङ्गलमा गाेली हानी हत्या गरिएको प्रहरीले जनाएको छ।

हत्याको खबर सुनेलगत्तै नेपालका तर्फबाट स्थानीयसहित इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्ट र भारतीय सुरक्षाकर्मी घटनास्थल पुगेका थिए। घटनाको प्रकृति हेर्दा गाेली हानी हत्या नै गरिएको बताइएको छ।

पारिवारिक स्रोतका अनुसार, राना बुधबार दिउँसो २ बजेतिर घरबाट निस्केका थिए। दिनभर डुल्न गए पनि बेलुकी घर आउने राना अबेरसम्म पनि नआएपछि भाेलिपल्ट बिहानै स-परिवार उनको खाेजीमा जुटेका थिए। खाेज्दैजाँदा पुनर्वास नगरपालिका-७ स्थित १८३ नम्बर पिलरदेखि करिब ७ सय मिटर भित्र भारतीय क्षेत्र अन्तर्गत पर्ने मझेरी जङ्गलमा उनकाे शव भेटिएको थियो।

छातीमा प्वाल !
मृतक रानाकाे छातीमा वारपार प्वाल परेकाले गाेली हानी हत्या गरिएको आशंका दुवै तर्फका सुरक्षाकर्मीले गरेका छन् तर, पुष्टि भने गरेका छैनन्। घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले जानकारी दिए।

भारतीय वन रक्षकप्रति आशंका !
भारतीय जङ्गलमा नेपालीको गाेली हानी हत्या गरिएको बारे यतिबेला स्थानीयले विभिन्न शंका-उपशंकाहरु गरिरहेका छन्। शंकामा भारतीय वन रक्षक हुन सक्ने अनुमान गरिएको छ।

परिवार स्रोतलाई उदृड गर्दै प्रहरी भन्छ- ‘मृतक रानाकाे मानसिक सन्तुलन त्यति ठिक थिएन। यद्यपि, मानसिक अवस्था ठिक नभएको मान्छे जङ्गलतर्फ पस्दा कतै सिकारी साेचेर भारतीय वन रक्षकले गाेली चलाएको त हाेइन ! याे एउटा अनुसन्धानको पाटाे रहन्छ। हामी अनुसन्धानमै छाेैंं तर, घटना भारततर्फ घटेकाले यसमा भारतीय प्रहरी सक्रियता बढी रहन्छ।

मृतकका परिवारले घटनाकाे सत्यतथ्य अनुसन्धान गर्न माग अघि सारेका छन्। हत्यारा पत्ता नलगाए कडा संघर्षमा उत्रिने चेतावनी समेत दिएका छन्। घटना भारतीय क्षेत्रमा घटेकाले भारतकाे एक अस्पतालमा शवकाे पाेष्टमार्टम भइरहेको प्रहरी निरीक्षक बिष्टले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...