News Portal

३३ एसएसपीको सरूवा, काठमाडाैँ र ललितपुरका प्रहरी प्रमुख पनि फेरिए

हिमालीसंचार संवाददाता
४५८ पटक

काठमाडाैँ – गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरूवा गरेको छ। मन्त्रालयकाे शुक्रबारको निर्णयअनुसार उनीहरूकाे सरूवा गरिएकाे प्रहरी प्रधान कार्यालय नक्सालले जनाएकाे छ।

यही मंसिर ७ गते आइतबारदेखि लागू हुनेगरी उक्त सरूवा गरिएको जनाइएकाे छ। साेही निर्णयद्वारा महानगरीय प्रहरी परिसर काठमाडौं र ललितपुरका प्रहरी प्रमुखकाे हेरफर गरिएकाे जनाइएकाे छ।

काठमाडौं परिसरका प्रमुखमा अशोक सिंह र ललितपुर परिसरका प्रमुखमा किरण बज्राचार्य नियुक्त भएकाे प्रहरी प्रधान कार्यालयले जनाएकाे छ। मन्त्रीस्तरीय निर्णय अनुसार भएकाे सरूवाबाट उनीहरूकाे जिम्मेवारी ताेकिएकाे हाे।

हाल काठमाडौं परिसर प्रमुख रहेका श्यामप्रसाद ज्ञवालीको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अन्तरगतकाे अपराध नियन्त्रण महाशाखामा सरूवा गरिएकाे छ भने, ललितपुरका प्रमुख टेकप्रसाद राई प्रहरी प्रधान कार्यालयकै कार्य विभाग कार्य महाशाखामा सरूवा भएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...