News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • कोरोनाका कारण पुनः हुम्ला जिल्लाका सबै शैक्षिक संस्था बन्द

    हिमालीसंचार संवाददाता
    ३५२ पटक

    सिमकोट – हुम्ला जिल्लामा बुधबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले हिजोदेखि हुम्ला जिल्लाभरका शैक्षिक संस्था सबै बन्द गर्नुका साथै जिल्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा जाँचमा कडाइ गर्ने निर्णय गरको छ। बाहिर जिल्लाबाट हुम्ला प्रवेशमा रोक लगाउनुका साथै अन्तरपालिका आवतजावतमा समेत कडाइ गरिने भएको छ।

    लामो समयको बन्दाबन्दीपछि कात्तिक दोस्रो हप्ताबाट सञ्चालनमा आएका जिल्लाभरका शैक्षिक संस्था पुनः बन्द हुने निर्णयले विद्यार्थीलाई समस्या बनाउने भएको छ। कोभिड–१९ को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मंसिर ४ गतेदेखि जिल्लाका सातवटै स्थानीय तहमा रहेका सबै शैक्षिक संस्थामा अर्को व्यवस्था नहुँदासम्मका लागि पठनपाठन बन्द गरिने भएको छ।

    जिल्लाका उत्तरी नाम्खा गाउँपालिकाको याल्वाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालयमा ५१ विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लाभरका शैक्षिक संस्था हिजोदेखि बन्द गरेका हुन् । सम्बन्धित गाउँपालिकाले आफ्ना माताहतका सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन कार्य बन्द गराउनुका साथै बन्द भए नभएको अनुगमन शिक्षा विकास तथा समन्वय एकाइ समिति र गाउँपालिकाले गर्ने भएका छन्।

    जिल्लाका नाम्खा र सिमकोट गाउँपालिकामा आवतजावतमा तीन दिनका लागि बन्द गर्ने निर्णय समेत गरेको छ। उत्तरी नाम्खा गाउँपालिकामा पाँच दिनको अवधिमा ५६ कोरोना संक्रमित भेटिएपछि जिल्ला कोभिड–१९ व्यवस्थापन समिति आपातकालीन निर्णय गरेको हो।

    नाम्खा गाउँपालिकामा कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेकाले कोरोना नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य सेवा कार्यालय हुम्लाले जिल्लाका सातवटै स्थानीय तहसँग समन्वय गरेर परीक्षणको दायरालाई बढाउनुका साथै भीडभाड बढी हुने र सम्पर्कमा आउने व्यक्तिलाई प्राथमिकताका साथ परीक्षण गर्ने भएको हो।

    कोरोना लक्षणसहित सिकिस्त बिरामीलाई सुविधायुक्त अस्पतालसम्म पुर्याउनका लागि कर्णाली प्रदेश सरकारलाई हेलिकप्टरको व्यवस्थाका लागि आग्रह गरिने भएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताए। जिल्लामा रहेका दुईवटा भेन्टिलेटरले अपुग हुने भएकाले थप दुईवटा प्रदेश सरकारसँग माग गरिने भएको छ।

    यस्तै सिमकोट गाउँपालिकाले क्वारेन्टिन व्यवस्था गर्ने, जिल्लास्तरको आइसोलेसन र १० शय्या क्षमताको क्वारेन्टिनको व्यवस्था सिमकोटस्थित रानीवनमा रहेको साविक चिता अस्पतालको घरलाई भाडामा लिएर जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रअन्तर्गत रहने गरी स्वास्थ्य सेवा कार्यालयले व्यवस्था गर्ने निर्णय गरिएको छ। प्रत्येक गाउँपालिकामा पाँच शय्या क्षमताको आइसोलेसन र १५ शय्या क्षमताको क्वारेन्टिनको व्यवस्था गरिने भएको छ।

    जिल्लामा कोरोना संक्रमणको संख्या भयावह हुने अवस्था सिर्जना भएको खण्डमा जिल्लामा उपलब्ध स्वास्थ्यकर्मीबाट अपुग भएमा थप स्वास्थ्य जनशक्तिका लागि प्रदेश सरकारसँग माग गरिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गिरीले बताए। जिल्लाका सातवटै स्थानीय तहमा कोरोना संक्रमणबाट मृत्यु भएको खण्डमा अन्त्येष्टिको व्यवस्था सम्बन्धित पालिकालाई गर्ने जिम्मेवारी दिएको प्रमुख जिल्ला अधिकारी गिरीले जानकारी दिए।

    नेपालगञ्ज र सुर्खेतबाट आएका यात्रुको ज्वरो मापन गर्नका लागि सिमकोट विमानस्थलमा राखिएको हेल्थ डेस्कलाई थप व्यवस्थित गरेर आगामी दिनमा सञ्चालन गरिने भएको छ। नेपालगञ्ज र सुर्खेतबाट हवाईमार्ग भएर सिमकोट पुगेका यात्रुले कोरोना संक्रमण नभएको नक्कली रिर्पोट ल्याएको पाइएमा कोरोना संक्रमण रोग ऐन, २०२० अनुसार कारवाही गरिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गिरीले बताए।

    प्रतिकृया दिनुहोस्

    आयुर्वेदिक स्वास्थ्य केन्द्रमा बिरामीकाे चाप बढ्दै

    मोरङ। माेरङकाे रंगेली नगरपालिका ७ स्थित वडा कार्यलयकाे भवनमा बिगत ४ बर्षदेखी मेरो स्वास्थ्य मेरो...

    पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै

    ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ। पाथीभराको दर्शनसँगै...

    भेटेरिनरी अस्पताल अस्तब्यस्त, सेवा नपाउँदा किसान निराश

    सिरहा। सदरमुकाममा सिरहाम रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र अस्तव्यस्त अवस्थामा रहेको छ। अस्पताल...

    इजरायल र हिजबुल्लाहबीच युद्धविराम

    एजेन्सी। अमेरिका र फ्रान्सद्वारा मध्यस्थ गरिएको सम्झौतामा दुवै पक्ष सहमत भएको भन्दै अमेरिकी राष्ट्रपति जो...

    प्रधानमन्त्री ओलीकाे कम्बोडिया काण्ड छानविनका लागि संसदीय समिति बनाउन राप्रपाको माग

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले कम्बोडिया काण्डमा प्रधानमन्त्री केपी...