News Portal

सुर्खेतमा दुई बस ठोक्किँदा ४३ घाइते

हिमाली संचार संवाददाता
६९० पटक

सुर्खेत – रत्न राजमार्गअन्तर्गत सुर्खेत–नेपालगञ्ज सडकखण्डको ठूलो बिउरेनीमा दुई बस एकआपसमा ठोक्किँदा ४३ यात्रु घाइते भएका छन् ।

नेपालगञ्जदेखि सुर्खेत आउँदै गरेको बा३ख ६२१२ र सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना४ख ७०२४ नं को यात्रुबाहक बस शनिबार दिउँसो सुर्खेतको सुब्बाकुना नजिक बिउरेनी मोडमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो ।

बस ठोक्किँदा घाइते भएका सबैको वीरेन्द्रनगरस्थित माया नर्सिङ होम र देउती अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरी प्रमुख वसन्त रजौरेले बताउनुभयो । दुवै बस तीव्र गतिमा भएका कारण घटना भएको हुनसक्ने उहाँले बताउनुभयो ।

यता जिल्ला ट्राफिक प्रहरी कार्यालयका इञ्चार्ज ९प्रहरी निरीक्षक० हरि बिसीले घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जानकारी दिनुभयो । प्रहरी निरीक्षक बिसीका अनुसार गम्भीर घाइते बिरामीको नाम, वतन आउन बाँकी रहेको बताउनुभयो । रासस

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...