News Portal

प्रदेश सरकारपछि स्थानीय प्रशासनले क्रसर उद्योगमाथि छानविन गर्दै

हिमालीसंचार संवाददाता
४३९ पटक

वीरेन्द्रनगर – सुर्खेतमा सञ्चालित क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगलाई कानुनी पुरा गरेनगरेको बारे जिल्ला प्रशासन कार्यालय सुर्खेतले सञ्चालन प्रमाणपत्र पेश गर्ने दिएको ३ दिने म्यादभित्र ८ वटा उद्योगले कागजपत्र बुझाएका छन्।

उद्योगहरुले कानुनी प्रक्रिया पूरा गरेको अनुमति प्रमाणपत्र जिल्ला प्रशासन कार्यालयमा पेश गरेका हुन्। अहिले १३ वटामध्ये ७ वटा उद्योगले काजगपत्र पेश गरेको प्रसासकिय अधिकृत पदमलाल लामेछानेले बताए।

कागजपत्रमाथि छानविन गरेर उद्योगमा अनुगमन गरिने प्रशासकिय अधिकृत लामेछानेले बताए। त्यस्तै, ३ वटा अस्थाई उद्योगहरुले पनि कागजपत्र पेश गरेका छन्।

प्रशासन कार्यालयले दिएको म्यादभित्र त्रिशक्ति क्रसर उद्योग, देउती क्रसर उद्योग, भेरी एग्रीगेट एण्ड सेण्ड रिफाईनरी उद्योग, न्यू देउती बालुवा मोरङ्ग प्रशोधन उद्योग, हिमाल बालुवा प्रशोधन उद्योग, भेरी बालुवा प्रशोधन उद्योग र लेकबेसी बालुवा प्रशोधनले मनकामना हिमपाईप तथा ब्लग उद्योगको नामबाट दर्ता गरेको छ।

त्यस्तै, अस्थाई दर्ता भएका क्रसर उद्योगहरुमा सपना आर्शिस एण्ड शंकर जेभी, लामा राजेन्द्र श्याम एण्ड शंकर जेभी , महालक्ष्मी किराटेश्वर केएसके कन्टशन जेभी रहेका छन्। उनीहरुले सडक निर्माणका लागि क्रसर उद्योग अस्थाई दर्ता गरेका हुन्। धेरैजसो घरेलुमा दर्ता भएको पाईएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

एक हप्ता पहिले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकले ३ दिनभित्र सुर्खेतमा सञ्चालन भएका क्रसर उद्योगले सञ्चालन तथा दर्ता प्रमाणपत्र पेश गर्नुपर्ने निर्णय गरेको थियो।

यसअघि मन्त्रिपरिषद्ले सबै जिल्लामा सञ्चालित अवैध क्रसर उद्योग बन्द गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको थियो। सोहीअनुसार जिल्ला प्रशासन कार्यालयले यहाँका क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगलाई आफ्ना कागजात बुझाउन भनेको थियो।

यसअघि पनि कर्णाली प्रदेश सरकारले समेत अवैध रुपमा सञ्चालन भएका क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगको अनुगमन गरेको थियो। अनुगमनमा सुर्खेतमा एउटा मात्र क्रसर उद्योग दर्ता भएको अरु अवैध रुपमा चलेको प्रतिवेदन सार्वजनिक गरेको थियो।

महिनादिन नवित्दै अहिले ७ वटा क्रसर उद्योगले दर्ता प्रमाण पत्र पेश गरेको हुन्। प्रदेश सरकारले गरेको अनुगमन र प्रशासन कार्यालयले गर्ने अनुगमन एउटै हुन्छ या फरकफरक आउछ त्यो भने हेर्न भने बाँकी रहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...